सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • एपीएफ टोलीद्वारा गाँजासहित पक्राउ

एपीएफ टोलीद्वारा गाँजासहित पक्राउ

4575
Shares
एपीएफ टोलीद्वारा गाँजासहित पक्राउ

महोत्तरी जिल्लाको मटिहानी गाँउपालिका ४ स्थित मटिहानी बजारबाट बैशाख ७ गते एपीएफ टोलीले करीव साँढे आठ केजी गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।  मटिहानी गाँउपालिका ५ बस्ने ३२ वर्षिय राजेश साहलाई सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट मटिहानीबाट खटिएको एपीएफ टोलीले उक्त गाँजासहित पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी सहायक निरीक्षक रामु खड्काको कमाण्डमा गस्तीमा रहेको एपीएफ टोलीले सो ठाँउमा जाँच गर्ने क्रममा निज साहलाई उल्लेखित परिमाणको गाँजासहित पक्राउ गरेको हो । बरामद गाँजासहितै उनलाई आवश्यक कारवाहीको लागि एपीएफ टोलीले इलाका प्रहरी कार्यालय मटिहानीमा बुझाएको छ ।

4575
Shares

ट्रेन्डिङ