सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • ‘बाहुवली २’लाई ६ दिनमै २ सय करोड

‘बाहुवली २’लाई ६ दिनमै २ सय करोड

4755
Shares
‘बाहुवली २’लाई ६ दिनमै २ सय करोड

बलिउडमा अहिलेसम्म खान बाहेकका अन्य अभिनेताको फिल्मले २ सय करोडको आँकडा पार गरेको छैन । तर, अब साउथका एक स्टारको फिल्मले यो आँकडा पार मात्र गरेको छैन, नयाँ रेकर्ड पनि बनाएको छ ।
शुक्रबारबाट रिलिजमा आएको फिल्म ‘बाहुवली २’ले ६ दिनमै हिन्दी भर्सनमा २ सय करोडको आँकडा पार गरेको छ । ६ दिनसम्म आइपुग्दा यो फिल्मले २२२ करोड कमाएको छ । यति छोटो अवधीमा कुनै पनि बलिउड फिल्मले यो व्यापार गरेका थिएन ।
पहिलो दिन नै यो फिल्मले हिन्दी भर्सनमा ४१ करोडको कमाई गरेका थियो । सबै भाषामा फिल्मले १२१ करोड कमाएको थियो । विश्वभरबाट भने फिल्मले ७८५ करोड कमाइ सकेको छ । एसएस राजमौलीको निर्देशनमा बनेको यो फिल्ममा प्रवास, अनुष्का सेट्टी लगायतका कलाकारको अभिनय छ ।

4755
Shares

ट्रेन्डिङ