सबैको समाचार
सोमवार, बैशाख १७, २०८१

चोरले थुक्दा मृत्यु

2735
Shares
चोरले थुक्दा मृत्यु

एजेन्सी । युक्रेनको राजधानी किभमा ड्युटी गर्दै आएकी एक महिला प्रहरी अधिकारीको मृत्यु भएको छ । एकजना चोरले थुकेका कारण नौ महिनापछि उनको मृत्यु भएको हो । सन् २०१६ को आरम्भतिर एरिना कोल्टसोवा नाम गरेकी ती महिला अन्य सहकर्मी प्रहरीसँग गस्तीमा हिँडेकी थिइन् । त्यतिकैमा उनीहरुले चोरी गर्दै गरेका एकजना युवकलाई देखे र पक्राउ गरे ।
चोरले अत्तिएर थुकेको थुक एरिनाको मुखमा लाग्यो । चोरलाई जेलमा हालेर मुद्दा चलाइयो । एरिना आफ्नो दिनचर्यामा फर्किइन् ।
केही समयपछि उनलाई टाउको दुख्ने, जीउ सुन्निनेलगायत समस्या देखिन थाले । तैपनि उनी ड्युटीमा गइरहिन् । साह्रै अप्ठ्यारो भएपछि उनले डाक्टरकोमा गएर जाँच गराइन् । उनलाई टीभी लागेको रहेछ । पक्राउ परेको चोरलाई पनि असाध्य खालको टीभी लागेको थियो । उसको थुक एरिनाको मुखमा परेपछि उनलाई टीभी सरको हो । शुक्रबारबाट

2735
Shares

ट्रेन्डिङ