सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • विप्लव समूहको यो कस्तो धन्दा !

विप्लव समूहको यो कस्तो धन्दा !

2765
Shares
विप्लव समूहको यो कस्तो धन्दा !

७ जेठ, काठमाडौं । प्रमुख राजनीतिक पार्टीहरु निर्वाचनमार्फत स्थानीय सरकार गठनको तयारीमा लागिरहेका बेलामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भने देशका दुई सय स्थानमा आफूखुसी स्थानीय सरकार बनाएको पाइएको छ ।
चुनाव भएका स्थानहरुमा उनीहरुकै भाषामा स्थानीय जनसरकारका रुपमा जनपरिषद घोषणा गरिएको हो ।अहिलेसम्म दुई सयवटा स्थानमा जनपरिषद घोषणा भएको सो पार्टीको उच्च स्रोतले जानकारी दिएको छ ।
जनपरिषदले स्थानीय निकायको भूमिका निर्वाह गर्ने नाम नभन्ने सर्तमा पार्टीका एक नेताले जानकारी दिए । जनपरिषदले जनताका स्थनीय काम, विकास र जनताका मामिलामा न्याय दिने काम गर्ने बताइएको छ । अाजकाे नेपाल समाचारपत्रमा खबर छ ।

2765
Shares

ट्रेन्डिङ