सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • काभ्रे काँग्रेसद्वारा अक्सिजन कन्सन्ट्रेटर वितरण

काभ्रे काँग्रेसद्वारा अक्सिजन कन्सन्ट्रेटर वितरण

7555
Shares
काभ्रे काँग्रेसद्वारा अक्सिजन कन्सन्ट्रेटर वितरण

काभ्रे : नेपाली काँग्रेस काेभिड अनुगमन समिति काभ्रेले आज राेशि र तेमाल गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर वितरण गरेकाे छ । नेपाली काँग्रेस केन्द्रीय काेभिड अनुगमन समितिकाे समन्वय र नेपाल चिकित्सक संघकाे सहयाेगमा उक्त अक्सिजन कन्सन्ट्रेटर वितरण गरिएकाे हाे ।

काेभिड अनुगमन समिति काभ्रेका संयाेजक गुणराज मुक्तानले राेशि गाउँपालिकाे अध्यक्ष डि. वि. लामा र तेमाल गाउँपालिकाकाे उपाध्यक्ष दुर्गा माया तामाङलाई १-१ थान कन्सन्ट्रेटर हस्तान्तरण गरेकाे हाे ।

उक्त हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमिति सचिव दिनेश लामा, सदस्य महेन्द्र थिङ, राेशि गाउँपालिका सभापति लालकुमार पाख्रिन र राेशि गाउँपालिका वडा नं ७ काे वडा अध्यक्ष पाेष्टराज गाैतमकाे उपस्थिति रहेकाे थियाे ।

7555
Shares

ट्रेन्डिङ