सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • भुम्लुमा कार्यकक्षमै हातपात प्रकरण: सेवाग्राहीको शरीरमा निलडाम, अध्यक्ष कुँवरद्वारा अस्विकार (भिडियो सहित )

भुम्लुमा कार्यकक्षमै हातपात प्रकरण: सेवाग्राहीको शरीरमा निलडाम, अध्यक्ष कुँवरद्वारा अस्विकार (भिडियो सहित )

21965
Shares
भुम्लुमा कार्यकक्षमै हातपात प्रकरण: सेवाग्राहीको शरीरमा निलडाम, अध्यक्ष कुँवरद्वारा अस्विकार (भिडियो सहित )

काभ्रेको भुम्लु गाउँपालिकाका वडा नम्बर ४ का तुलसी कुँवरले आफुलाई गाउँपालीका अध्यक्ष गुमानध्वज कुँवरले कार्यकक्षमै हातपात गरेको बताए । कुँवरले आफ्नो खेतमा खनेको बाटोको विषयमा दिएको निवेदनका लागी गाउँपालीकाले नै खबर गरे पछि गाउँपालिकाका पुगेका कुँवर माथी हातपात भएको हो ।

न्ययिक समितिले छलफलको लागी बोलाए पछि गाउँपालिकाका पुग्दा गाउँपालीका अध्यक्ष गुमानध्वज कुँवारले आफु माथी हातपात गरेको उनले बताए । छलफलको क्रममा अध्यक्षको कार्यकक्षामा नै म माथी हातपात गरेको र मैले न्याय माग्दा न्याय पाउदैनस भन्दै गाली समेत गरेको तुलसी कुँवरले बताए । कार्यलयमा अध्यक्षले गरेको हातपातका कारण निलडाम उनको शरिर को पाखुरामा स्पस्ट देखीने नै छ ।

कृषि सडक खन्ने क्रममा तुलसि कुँवरको जग्गा मात्र बढि खनेर बाटो जाने भए पछी सो बाटो रोक्न आग्रह गर्दै वडा कार्यलयमा २०७७ साल चैत्र २० गते निबेदन दिएका थिए । सोही निबेदनका आधारमा सो बाटो निर्माण पूर्व छलफल गरी सहमति नगराई निर्माण कार्य नगर्न भनी वडा अध्यक्ष लोक बहादुर कुँवरले वडा सदस्य धुर्व कुँवरलाई सो सहमती जुटाउन लागाएको र छलफलमा पिडित पृथिवी बहादुर कुँवर र उनका छोरा तुलसी कुँवर नै नआएको वडा अध्यक्ष लोक बहादुर कुँवरको दाबी रहेको छ ।

वडामा निवेदन दिँदा दिदै पनि सडक खनेपछि तुलसीले पालिकाको न्यायिक समितिमा कम्तिमा १५ दिन अघि निवेदन दिएको बताए । तुलसि कुँवरले न्यायीक समितीमा २०७८ आसार २७ गते क्षेतिपूर्ती पाउँ भनी निबेदन पेस गरेका थिए । सोहि निबेदनको छलफलका लागी गाउँपालीका पुगेका कुँवरका बाबु, छोरालाई छलफलका क्रममा बाबुले अप–शब्दहरु प्रयोग गरे पछि उनलाई कार्य कक्षयबाट बाहिर निकाली छोरा तुलसि कुँवर पुन आफुले दर्ता गरेको निवेदनको प्रतिलिपि माग गर्न जाँदा उनी माथि गाउँपालीका अध्यक्षले हातपात गरेको बताउ छन् । छलफल चल्दै गर्दा अध्यक्ष कुँवरले जबर्जस्ती पाखुरामा निल डाम हुने गरी धकेलेको तुलसी कुँवरको भनाई छ ।

तर सो गुनासो पश्चात सबैको समाचारको टोली गाउँपालिका पुग्दा पालीका अध्यक्षले हामीलाई अनुमति बिना किन आउनु भको भन्ने प्रश्न गरे । संगै आफ्नो तस्बिर बिना अनुमति समाचारमा छपाई गरेको भन्दै हाम्रो टोली सित रुखो बचन प्रयोग गरे । मेरो तस्बिर अनुमति बिना प्रयोग गरीस मेरो प्रोसेस चल्दै छ भन्दै समयको माग गर्दा पनी पिडितको कुरा पिडित नै जानुन भन्दै गाउँपालीका अध्यक्ष गुमान ध्वज कुँवार कुनै प्रतिक्रिया नदिई बाहिर निस्केर धुलिखेल तर्फ लागे ।

कृषि सडक सहमतिमा गराउने भनेता पनि आफ्नो सहमति बिना नै सडक निर्माण गरेको तुलसि कुँवर पक्षको दाबी छ । सडक कुनै योजना नबनाई व्यक्तिको जग्गामा लगी समाप्त भएको छ । सो कृषि सडक निर्माण कार्य देखि नै लापारबाहि गर्दै गएको स्थानीय जीवन कुँवरको भनाई छ । र सो व्यक्तिहरु पिडित नै रहेको दाबी रहेको छ ।

काभ्रे प्रशासनमा बाटो निर्माण पुर्ब भएको झगडाको सहमति भने उपचार खर्च मात्र व्यहोर्ने भएको जानकारी जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी हरि खत्रीवडाले जानकारी दिएका छन । संगै बाकी सबै पालिका अध्यक्षले मिलाउने आफैले प्रतिवददा गरि जिल्ला प्रहरीमा सहमती भएको समेत खत्रीले सबैको समाचारलाइ वताए ।

हेर्नुहोस भिडियो :

21965
Shares

ट्रेन्डिङ