सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • ५ पत्रकार संगठनलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

५ पत्रकार संगठनलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

3970
Shares
५ पत्रकार संगठनलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले सत्तारुढ दल निकटका पाँच पत्रकार संगठनका अध्यक्षहरुलाई स्पष्टीकरण सोधेको छ । आचारसंहिता उल्लंघन गरेको आरोपमा आयोगले उनीहरुलाई स्पष्टीकरण सोधेको हो । आयोगले नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा, समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठ, प्रेस मञ्च नेपालका अध्यक्ष केशव अर्याल र प्रगतिशील पत्रकार संघ नेपालका सचिव श्यामलाल पोखरेललाई स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आयोगले जारी गरेको बुलेटिन अनुसार, उनीहरुलाई २४ घण्टाभित्र जवाफ दिन भनिएको छ । ती पाँच संगठनका अध्यक्षले एक संयुक्त विज्ञप्ति जारी गरी सत्तारुढ गठबन्धनमा आवद्ध दलका उम्मेदवारहरुलाई मतदान गर्न आह्वान गरेका थिए । आचारसंहितामा सञ्चार क्षेत्र सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्था रहेकोमा त्यसविपरीत काम गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो

3970
Shares

ट्रेन्डिङ