काभ्रे :काभ्रेको बनेपा डुबानमा परेको छ।
आज दिउँसो परेको वर्षाका कारण बनेपा स्थित पुल बजार क्षेत्र डुबानमा परेको हो ।
पानी परिरहेकाले र पानी जमेकाले सडक अवरूद्द भएको छ ।
अरनीको राजमार्ग अन्तर्गत बनेपा पुल बजार क्षेत्र डुबानमा पर्दा सवारी र पैदल यात्रु अलपत्र परेका छन् ।