सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • काभ्रेमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु, एक जना घाइते

काभ्रेमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु, एक जना घाइते

22230
Shares
काभ्रेमा मोटरसाइकल दुर्घटना:  एक जनाको मृत्यु, एक जना घाइते

काभ्रे : विपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिका वडा ११ डालाबेशीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएका छन् ।

काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ७०प ४१८२ नम्बरको मोटरसाइकल आज बिहान साढे २ बजे डिभाइडरमा ठोक्किएको थियो । दुर्घटना हुँदा चालक सिन्धुलीको मझुवा गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय मिलन मग्रातीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मग्रातीको धुलिखेल अस्पतामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल पछाडि बसेका मृतकका दाई २१ वर्षीय प्रेमबहादुर मग्राती घाइते भएका छन् । उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था सामान्य रहेकोछ ।

22230
Shares

ट्रेन्डिङ