सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • आखेटोपहार पुरेको ठाउँमा ‘संरक्षण स्मारक’ बनाइने

आखेटोपहार पुरेको ठाउँमा ‘संरक्षण स्मारक’ बनाइने

4890
Shares
आखेटोपहार पुरेको ठाउँमा ‘संरक्षण स्मारक’ बनाइने

रत्ननगर (चितवन), १२ जेठ । मरेका वन्यजन्तुको अङ्ग (आखेटोपहार) जलेर आएको खरानीलाई पनि गाडिएको छ । जलेर निस्किएको खरानीसमेत बिहीबार चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसराको परिसरमा गाडिएको हो ।
निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले खरानी गाडिएको र केही काठका ठुटाहरु बाँकी रहेकाले त्यसलाई पनि व्यवस्थापन गरिने जानकारी दिनुभयो । गाडिएको क्षेत्रमा एउटा संरक्षण स्मारक बनाइने अर्यालको भनाइ छ । “जलेका वन्यजन्तुका अङ्गको विवरणसहित संरक्षणमूलक स्मारक बनाइनेछ”, अर्यालले भन्नुभयो, “यो अलि पहिचान दिने खालको हुन्छ ।”
यही जेठ ८ गते सोमबार यहाँ सङ्कलित वन्यजन्तुका अङ्गहरु जलाउन सुरु गरिएको थियो । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले उद्घाटन गरेर सुरु भएको जलाउने कार्य तीन दिनको अन्तरालमा आज सम्पन्न भएको हो ।
सशस्त्र वन रक्षक तालिम केन्द्र टिकौलीमा भण्डारण गरिएका एक हजार ७३९ थान र चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरामा भण्डारण गरी राखिएको दुई हजार २७३ थान गरी जम्मा चार हजार १२ थान नष्ट गरिएको निकुञ्जका प्रमुख रामचन्द्र कँडेलको भनाइ छ ।
पाँच बाघको छाला, १० वटा एक सिङ्गे गैँडाको खाग, चार कस्तुरीको बिना, एक ध्वासे चितुवाको छाला, एक हिउँचितुवाको छाला, दुई रातो हाब्रेको छाला र पाँच थान चितुवाको छाला भने भण्डारण गरेर राखिएको कँडेलले जानकारी दिनुभयो । २७ प्रजातिको ८४ थान अखेटोपहार सुरक्षित राखिएको छ ।
आखेटोपहार व्यवस्थापन कार्यान्वयन समितिका अनुसार साइटिसको अनुसूची १ मा सूचीकृत प्रजाति १८, अनुसूची २ मा सूचीकृत प्रजाति चार, अनुसूचित ३ मा सूचीकृत प्रजाति चार र अन्य प्रजाति २२ गरेर ४८ प्रजातिका अखेटोपहार नष्ट गरिएको हो । आवश्यक तापक्रमको अभावका कारण एक हजार १०० केजी हात्तीको दाह्रा भने नष्ट गरिएको छैन । नेपाल सरकार मन्त्रिपरिषद्को जेठ ४ गतेको निर्णयअनुसार आखेटोपहार नष्ट गरिएको हो । रासस

4890
Shares

ट्रेन्डिङ