सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • स्वाइनफ्लुबाट तीनको मृत्यु : बिरामीहरु आत्तिन थाले, सरकारले चासो लिएन

स्वाइनफ्लुबाट तीनको मृत्यु : बिरामीहरु आत्तिन थाले, सरकारले चासो लिएन

2930
Shares
स्वाइनफ्लुबाट तीनको मृत्यु : बिरामीहरु आत्तिन थाले, सरकारले चासो लिएन

काठमाडौँ, साउन १६ । काठमाडौंमा स्वाईनफ्लुको संक्रमणबाट तीन जनाको मृत्यु हुनाको साथै दर्जनौं बिरामी अस्पतालमा भर्ना भएको खबर आजको नेपाल समाचारपत्रमा खबर छ ।
छिटो र छिटो र छरितो उपचार पाउने आशमा काठमाडौंका नाम चलेका निजी अस्पतालका साथै सरकारी अस्पतालमा बिरामीको चाप बढेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ सरुवा रोग विशेषज्ञ डाक्टर शेर बहादुर पुनको भनाई पनि नेपाल समाचारपत्रको यस खबरमा छ ।
डा. पुनका अनुसार
–नेपालमा जुन महिनाको अन्तदेखिनै स्वाइनफ्लु सुरु भएको हो ।
-यो रोग फैलिन्छ भन्ने विषयमा सरकारलाई जानकारी नभएको होइन ।
-गम्भीर रुपमा नलिएका कारण विरामी मर्नुपर्ने अवस्थामा पुगेका छन् ।
-अहिले पनि सरकारले खासै निती बनाएर जनचेतना र सुरक्षा अपनाएको पाइन्न ।
-यतिबेला अस्पतालमा भर्ना भएका र परीक्षणका लागि आएका बिरामीहरु स्वाइनफ्लुका कारण मान्छे नै मर्न थालेपछि आत्तिएर आउने गरेका छन् ।

2930
Shares

ट्रेन्डिङ