सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बिप्लब माओवादी अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष पक्राउ

बिप्लब माओवादी अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष पक्राउ

3435
Shares
बिप्लब माओवादी अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष पक्राउ

काभ्रे, १७ भदौ । बिप्लब माओवादी नेतृत्वका विद्यार्थी संगठन अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष दिनेश सारु मगरलाई शनिवार दिउँसो १ बजे प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाबाट गएको प्रहरी टोलीले अध्यक्ष सारु मगरलाई बनेपा चाँदनीचोकबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी सहकुल बहादुर थापाले दिएको जानकारी अनुसार जबरजस्ती चन्दा उठाएको आरोपमा अध्यक्ष सारु मगरलाई पक्राउ गरेको हो । धुलिखेलमा रहेको पतञ्जली योग शिविरमा जबरजस्ती चन्दा उठाएको भन्दै पक्राउ गरेको हो एसपी थापाले भने रकम लिएको भन्ने छ अनुसन्धानको क्रममा छौँ यति रकम लिएको भन्ने खुल्ला सकेको छैन । बिप्लब नेतृत्व नकेपा माओवादी निकट रहेको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन रोल्पामा हुदैछ ।

3435
Shares

ट्रेन्डिङ