सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • घुस सहित रंगेहात पक्राउ आठ इन्जिनियर

घुस सहित रंगेहात पक्राउ आठ इन्जिनियर

5495
Shares
घुस सहित रंगेहात पक्राउ आठ इन्जिनियर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरले शुक्रबार धनगढीबाट दुई लाख ५० हजार घुस रकम सहित एकजना इन्जिनियरलाई पक्राउ ग¥र्यो। शहरी विकास तथा भवन निर्माण विभाग, संघिय आयोजना कार्यान्वयन ईकाइका इन्जिनीयर त्रिलोक जोशीलाई घुस रकम सहित पक्राउ गरेको हो।

जोशीलाई बैतडीमा निर्माणाधिन जिल्ला समन्वय समितिको भवन र दार्चुलाको हिकिला स्वास्थ्य चौकीको बिल फरफारक र म्याद थपिदिने भन्दै निर्माण व्यवसायीबाट लिएको घुस सहित पक्राउ गरिएको अख्तियारले जनाएको छ। जोशी  सुदूरपश्चिममा घुस सहित रंगेहात पक्राउ पर्ने आठौँ इन्जिनियरमा परेका छन्।

यसअघि अख्तियारको टोलीले २०७४ सालको कात्तिकमा कञ्चनपुर जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर केदार शर्मा, सहायक इन्जिनियर डण्डीराज पाण्डे, बिरेन्द्रसिह बडाल, नविन कुमार दुवेलाई सेवाग्राहीबाट लिएको २० लाख घुस सहित पक्राउ गरेको थियो।

यस्तै गत असारमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले सेवाग्राहीबाट लिएको दुई लाख घुस सहित दुईजना इन्जिनियरलाई नियन्त्रणमा लिएको थियो। घुस लिईरहेको अवस्थामा जल स्रोत तथा सिँचाइ विकाश डिभिजन कार्यालयका डिभिजन प्रमुख इन्जिनीयर अजित कुमार श्रीवास्तव र  इन्जिनीयर गिरिस्मा ठगुन्नालाई पक्राउ गरेको थियो।

यसैगरी बेलौरी नगरपालिकाका सब इन्जिनीयर ह्रदयराज बजगाई पनि रंगेहात पक्राउ परेका थिए। घुस रकम सहित पक्राउ परेका इन्जिनीयर र सब इन्जिनीयरको मुद्दा भने अहिले सम्म किनारा लाग्न नसकेको अख्तियारले जनाएको छ। उनीहरुमध्ये अधिकांशको मुद्दा विशेष अदालतमा आरोप पत्र दायर भई विचाराधिन अवस्था छ भने कतिपय मुद्दा अनुसन्धानकै चरणमा रहेको अख्तियारको कार्यालय महेन्द्रनगरले जनाएको छ।

 

 

 

 

-दिनेश खबर बाट

5495
Shares

ट्रेन्डिङ