सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • मध्य रातमा शक्तिशाली भूकम्पको धक्का

मध्य रातमा शक्तिशाली भूकम्पको धक्का

2355
Shares
मध्य रातमा शक्तिशाली भूकम्पको धक्का

काठमाडौँ, १५ वैशाख : बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज राति एकबजे ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का देशका विभिन्न भागमा महसुस गरिएको थियो। बाजुरा केन्द्रविन्दु भएर लगातार तेस्रोपटक भूकम्प गएको छ। गएराति ११ बजेर ५८ मिनेटमा पनि ४ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको थियो।

यस्तै वैशाख १० गते ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यसअघि गोरखा केन्द्रविन्दु भएर चैत २८ गते ४ दशमलव १ म्याग्निच्युडको भूकम्प जाँदा चैत १८ गते दोलखा केन्द्रविन्दु भएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको थियो।

2355
Shares

ट्रेन्डिङ