सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • काभ्रेमा क्वारेन्टाइन बस्नेको सङ्ख्या बढ्दो क्रममा, आज १ सय ६ जना क्वारेन्टाइनमा

काभ्रेमा क्वारेन्टाइन बस्नेको सङ्ख्या बढ्दो क्रममा, आज १ सय ६ जना क्वारेन्टाइनमा

6450
Shares
काभ्रेमा क्वारेन्टाइन बस्नेको सङ्ख्या बढ्दो क्रममा, आज  १ सय ६ जना क्वारेन्टाइनमा

काभ्रे: काभ्रेका विभिन्न क्वारेन्टाइनमा आज १ सय ६ जना रहेका छन् । जिल्ला कमाण्ड पोष्टका अनुसार ९५ जना पुरुष र ११ जना महिला क्वारेन्टाइनमा बसिरहेका छन् । जिल्लामा क्वारेन्टाइन बेडको संख्या पनि थपिएको छ ।

आज जिल्लाका १३ वाटै स्थानीय तहमा गरी जम्मा ६ सय ४३ क्वारेन्टाइन बेड संख्या पुगेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो । हिजोसम्म धुलिखेल अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका एकजनालाई आज डिस्चार्ज गरिएको छ ।

त्यसैगरी काभ्रे प्रहरीले आज मात्रै लकडाउन उल्लंघन गर्ने ५५ सवारी साधन नियन्त्रणमा लिएको छ । लकडाउन उल्लंघन गर्ने क्रममा पक्राउ परेकामा मोटरसाइकल ४८, स्कुटी ६ र एउटा कार छन् ।

6450
Shares

ट्रेन्डिङ