सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • विवाहअघि स्नातक तह उत्तीर्ण गर्ने किशोरीलाई एक लाख

विवाहअघि स्नातक तह उत्तीर्ण गर्ने किशोरीलाई एक लाख

835
Shares
विवाहअघि स्नातक तह उत्तीर्ण गर्ने किशोरीलाई एक लाख

सिन्धुलीमाढी । सिन्धुली जिल्लाको मरिण गाउँपालिकाले यो वर्ष विवाह अघि स्नातक तहको पढाई पूरा गरेका किशोरीलाई नगद एक लाख रुपियाँ प्रोत्साह भत्ता दिने निर्णय गरेको छ ।

बाल विवाहलाई न्यूनीकरण गर्न र उच्च शिक्षामा विपन्न वर्गको पहुँच पुर्‍याउन यो कार्यक्रम ल्याइएको हो ।पालिकाले गत वर्षदेखि उक्त कार्यक्रम सुरु गरेको जानकारी दिँदै यो वर्ष पनि उक्त कार्यक्रमका लागि पाँच लाख बजेट छुट्याएको पालिकाका शिक्षा शाखा प्रमुख नवराज बरालले जनाएका छन् ।

पालिकाले २० वर्ष उमेर पूरा गरी स्नातक तह उत्तीर्ण गरेर विवाह गर्ने तथा विवाह नगरी बसेका  किशोरीलाई प्रोत्साहन स्वरूप जनही एक लाख रुपियाँ सहयोग गर्न लागेको जनाएको छ ।

गाउँपालिका अध्यक्ष विमर्श मोक्तानका अनुसार तल्लो कक्षाको पढाई पूरा नहुँदै छात्राहरूको विवाह गर्ने क्रम बढेपछि त्यसलाई नियन्त्रण गर्न उक्त कार्यक्रम ल्याएको हो । 

835
Shares

ट्रेन्डिङ