सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बालिका विक्री गरेको आरोपमा दुई जना पक्राउ

बालिका विक्री गरेको आरोपमा दुई जना पक्राउ

4930
Shares
बालिका विक्री गरेको आरोपमा दुई जना पक्राउ

असार ८, काठमाण्डाै / ललितपुर– ५ लगनखेलबाट १३ वर्षीया बालिकालाई काममा लगाइदिन्छु भनेर भारतमा विक्री गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भइ इटहरी बस्दै आएका कृष्ण मगर र कास्की लेकसाइड बस्दै आएका प्रविण तामाङ छन् । नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोले भारतीय प्रहरीको सहयोगमा पीडितलाई उद्दार गरी दुई जनालाई पक्राउ गरेको हो ।

ब्युरोका एसपी गोविन्द थपलियाका अनुसार बालिकाको खोजी गर्ने क्रममा रसलपुर भन्ने स्थानमा रहेको खुलेपछि भारतीय प्रहरीसँग समन्वय गरिएको थियो । त्यसक्रममा बालिकालाई उत्तर प्रदेशको पिप्रा रसलपुर ओडओलिया भन्ने स्थानमा लगेर डान्स आर्केस्ट्रामा काम लगाएको पाइएको थपलियाले बताए ।

उनका अनुसार ९ फागुनमा उनीहरुले बालिकालाई काठमाडौं बसपार्कबाट भैरहवा–सुनौली हुँदै भारत लगेका थिए । पक्राउ परेकाविरुद्ध मानव बेचबखिन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार कारबाही प्रक्रिया अघि बढ्नेछ । थप अनुसन्धान भइरहेको जनाइएको छ ।

4930
Shares

ट्रेन्डिङ