सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • गंगा पन्तको काम गर्ने कार्यशैली

गंगा पन्तको काम गर्ने कार्यशैली

5250
Shares
गंगा पन्तको काम गर्ने कार्यशैली

बीरगंज, ८ असार / मुलुकमा उत्पन्न विषम परिस्थिति सँग जुध्दै जनताको जिउधनको सुरक्षा तथा अपराध नियन्त्रणमा पर्सा प्रहरी सक्रिय रहेको छ । लकडाउनको समयमा समेत हुने गरेका तस्करी तथा आर्थिक अपराधलाई नियन्त्रण गर्न प्रहरीले सक्रियता देखाएपछि तस्कर र अपराधसँग जोडिएका व्यक्तिहरुलाई छटपटि सुरु भएको देखिन्छ । बिगतका दिनमा जिल्ला प्रहरी कार्यालय पर्साको कमाण्ड सम्हाल्दै केही महिना अगाडी आउनु भएकको प्रहरी उपरिक्षक गंगा पन्तको कार्यक्षमताले चौतर्फी प्रशंसा पाई रहेको बेला अहिले रजनीगन्धाका कारोवारी, हुण्डी कारोवारी र छोकडा तस्करीलाई जोडेर पर्सा प्रहरी माथि आक्षेप लगाउने गतिविधि बढदै गएको देखियो ।

काम गर्ने शिलसिलामा गल्ती हुन्छ नै, गल्ती नियतवस भएको हो की भुलवस हो, यसको खोजी हुनु पर्दछ । पर्साको कमाण्ड सम्हालेर आउनु भएकी प्रहरी उपरिक्षक गंगा पन्तले आफूबाट केही त्रुटी भए होलान तर आफूले नियतवस कुनै त्रुटी नगर्ने दावी गर्दै प्रहरी संगठनमा आफूले बनाएको छविलाई कसैले विगार्न खोजेर नविग्रिने चेतावनी दिएका छन । आफू बीरगंजमा काम गर्न आएको र वीरगंजवासीले अनुभूति गर्ने काम गरेर छाडने प्रतिबद्धता व्यक्त गर्दै विभिन्न आवरणमा हुने अपराधलाई आफूले बुझि सकेको र त्यस्ता अपराधमा संलग्न व्यक्तिहरुको पहिचान समेत भई सकेको बताउनु भयो ।

विभागले खटाएको काम निडरताका साथ गर्ने र साहशी महिला अधिकृतको रुपमा गंगा पन्तलाई प्रहरी संगठनमा चिन्ने गरिन्छ । पन्तले वीरगंजलाई सुधार्न अपराध तथा तस्करी नियन्त्रण गर्न भयमुक्त समाज निर्माण गरी तस्करी, हुण्डी लगायतका आर्थिक अपराध निस्तेज गर्ने अभियानमा जुटेपछि अहिले अपराधमा कमाउन र भविष्य खोज्नेहरु पन्तको अनर्गल प्रचारमा लाग्नुका साथै पर्सा प्रहरीको बदनाम गर्न विभिन्न हथकण्डा अपनाउन थालेका छन् ।

5250
Shares

ट्रेन्डिङ