सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • नेकपा काभ्रेमा गुट विवाद चरम उत्कर्षमा: अध्यक्ष र सचिवले भ्रातृ संगठनको ध्यानाकर्षण पत्र बुझ्न मानेन्

नेकपा काभ्रेमा गुट विवाद चरम उत्कर्षमा: अध्यक्ष र सचिवले भ्रातृ संगठनको ध्यानाकर्षण पत्र बुझ्न मानेन्

5865
Shares
नेकपा काभ्रेमा गुट विवाद चरम उत्कर्षमा: अध्यक्ष र सचिवले भ्रातृ संगठनको ध्यानाकर्षण पत्र बुझ्न मानेन्

काभ्रे : नेकपा काभ्रेमा गुट विवाद थप झांगिदै गएको छ । पाँचदिन पहिला असार २४ गते नेकपा काभ्रेको भ्रातृ संगठनको तर्फबाट भन्दै एउटा समूहले जिल्ला पार्टी कार्यालय मार्फत केन्द्रिय कमिटीलाई ज्ञान पत्र बुझाएको थियो ।

त्यसको पाँचदिन पछि फेरी भ्रातृ संगठनकै नाममा आज अर्को समूहले पार्टी कार्यालय बनेपामा कार्यकर्ता भेला भएर ध्यानाकर्षण गराइएको छ । पाँचदिन अघिको उस्तै झल्को दिने कार्यक्रममा पुग्ने कर्ताकर्ताको अनुहार भने विलकुलै फरक छ । उक्त ज्ञापन पत्र पार्टी अध्यक्ष रुकु चौलागाई र सचिव टोक बहादुर वाइबाले बुझिलिनु भएको थियो ।

तर आजको ध्यानाकर्षण पत्र भने पार्टी अध्यक्ष चौलागाई र सचिव वाइबा कार्यक्रममै सहभागि नभएको राष्ट्रिय युवा संघ काभ्रेका अध्यक्ष विक्रम चौलागाईले बताउनुभयो । सचिव वाईबाले आफु आजको कार्यक्रम बारे जानकार भएपछि नगरपालिकाको कामका कारण आउन नसक्ने जवाफ दिनुभयो ।

आज सार्वजिनक गरिएको ध्यानाकर्षण पत्रमा राष्ट्रिय युवासंघ नेपालका जिल्ला कमिटी संयोजक विक्रम चौलागाई, अनेरास्ववियूका संयोजक उपेन्द्र शर्मा, अनेमसंघका संयोजक कमला काफ्ले, अलिख नेपाल किसान महासंघका संयोजक विदुर प्रसाद हुमागाई र नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का संयोजक विदुर खत्रीले हस्ताक्षर गर्नुभएको छ । पाँचदिन अघि पनि यहि नामको संगठनले ज्ञापन पत्र बुझाएका थिए तर हस्ताक्षर गर्नेको नाम र पद उल्लेख गरिएको थिएन् ।

5865
Shares

ट्रेन्डिङ