सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • प्रधानमन्त्रीले बालुवाटारमा बोलाए सुरक्षा परिषदको बैठक

प्रधानमन्त्रीले बालुवाटारमा बोलाए सुरक्षा परिषदको बैठक

4185
Shares
प्रधानमन्त्रीले बालुवाटारमा बोलाए सुरक्षा परिषदको बैठक

काठमाडौँ: संसद विघटनसँगै प्रधानमन्त्री केपी ओलीले आइतबार दिउँसो सुरक्षा परिषदको बैठक बोलाएका छन् ।
प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे सुरक्षा परिषद्को बैठक बोलाएका हुन् । बैठकमा गृहमन्त्री, अर्थमन्त्री सहित प्रधानसेनापति र मुख्यसचिव सहभागी हुनेछन्।

संसद भंग गराएपछिको बदलिँदो सम्भावित परिस्थितिबारे शतर्क रहन प्रधानमन्त्रीले बैठकमा निर्देशन दिनसक्ने बुझिएको छ । यसवाहेक उनले सम्भावित अन्य निर्णय पनि गर्नसक्ने प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

आइतबार राष्ट्रपति मार्फत प्रधानमन्त्रीले संसद विघटन गराएपछि प्रतिपक्षी सहित सत्तारुढ दल नेकपाभित्रै पनि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीको आलोचना भएको छ ।

4185
Shares

ट्रेन्डिङ