सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राष्ट्रिय स्वाधीनताका लागि एमाले कसैसँग झुक्दैन ः नेता नेम्बाङ

राष्ट्रिय स्वाधीनताका लागि एमाले कसैसँग झुक्दैन ः नेता नेम्बाङ

2965
Shares
राष्ट्रिय स्वाधीनताका लागि एमाले कसैसँग झुक्दैन ः नेता नेम्बाङ

नेकपा (एमाले)ले स्थायी कमिटीका सदस्य सुवास नेम्बाङले राष्ट्रिय स्वाधीनताका लागि आफ्नो पार्टी कसैसँग नझुक्ने बताउनुभएको छ ।
संविधान र निर्वाचनका लागि आजबाट सुरु भएको मेची महाकाली राष्ट्रिय अभियानअन्तर्गत दमकमा आयोजित जनसभामा नेता नेम्बाङले गत वर्ष भारतीय पक्षबाट नेपालका लगाइएको इन्धनको नाकाबन्दीलाई सरकार र जनताले पराजित गरेको उल्लेख गर्दै देशको स्वाभिमानलाई थप उँचो बनाउन पार्टीले अभियान थालनी गरेको जनाउनुभयो ।
पूर्व सभामुख नेम्बाङले आदिवासी, जनजाति र तराई मधेसदेखि हिमाल पहाडसम्मका जनताको सच्चा पार्टी नै एमाले भएकाले यसविरुद्ध फैलाइएका भ्रमहरु अभियानले चिर्र्ने विश्वास व्यक्त गर्नुभयो ।
संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकताका र सामाजिक सद्भावका लागि गरिएको सो पार्टीको १५ दिने राष्ट्रिय अभियान आजै काँकडभित्ताबाट सुरु भएको हो । काँकडभिट्टाबाट बिर्तामोड हुँदै दमकमा सभा गरिएको हो । अभियानअन्तर्गत पार्टी प्रवेश, सम्मान, सांस्कृतिक कार्यक्रम र झाँकी प्रदर्शन भएको थियो ।
ती सबै कार्यक्रममा पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, भीम रावल, नेम्बाङ, सत्यनारायण मण्डललगायतका नेता निरन्तर सहभागी हुनुहुन्छ ।
शीर्ष नेताहरु आज साँझ दमकस्थित स्थानीय कार्यकर्ताको घरमा सामूहिक आवास गर्नुहुनेछ । काँकडभिट्टाबाट मूल सडक हुँदै बिर्तामोड र दमकमा शीर्ष नेता र कार्यकर्ता सवार गाडीलाई ठाउँ ठाउँमा स्थानीयवासीबाट स्वागत गरिएको थियो ।
एमाले प्रचार विभागका सचिव विष्णु रिजालले अभियानमा कार्यकर्ता र जनस्तरको सहभागिता उत्साहजनक रहेको बताउनुभयो । रासस

2965
Shares

ट्रेन्डिङ