सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • ने वि संघ केयुद्वारा प्रधानमन्त्री केपि ओलीको पुत्ला दहन

ने वि संघ केयुद्वारा प्रधानमन्त्री केपि ओलीको पुत्ला दहन

6795
Shares
ने वि संघ केयुद्वारा प्रधानमन्त्री केपि ओलीको पुत्ला दहन

काठमाडौं : प्रधानमन्त्री के.पी. शर्मा ओलीले पुष ५ गते संसद विगठन गरि मध्यवादी चुनावको आवहान गरेपश्चात नेपाल विद्यार्थी संघ काठमाडौँ विश्वविद्यालयले आज प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ l

काठमाडौँ विश्वविद्यालयका विद्यार्थी नेता शिवाशिष सिंह स्वारका अनुसार यहि घटनाक्रमलाई लिएर शान्तिपूर्वक रुपमा प्रधानमन्त्री के.पी. शर्मा ओलीको पुत्ला दहन गरिएको हो l

कोरोनाको चपेटामा जनता र देशको अर्थतन्र यति नमज्जासंग जुझिरहेको अवस्थामा कुर्सीको आडमा गैरसंवैधानिक क्रियाकलापहरु प्रस्तुत गर्दै देशलाइ फेरि चुनावी माहोलमा घिसार्न लाग्दा देशको अलिकति पनि माया र मतलब नलाग्ने कस्तो प्रधानमन्त्रीको हातमा हामीले यो देश सुम्पिएका रहेछाैँ? प्रमको यो कार्य जति भर्त्सना गरे नि अपुग हुने भनाई नेपाल विद्यार्थी संघ काठमाडौँ विश्वविद्यालयका सभापति उज्ज्वल प्रधानको छ l

त्यसैगरी अर्का विद्यार्थी नेता भिस्म ढुंगानाले नेपाली जनताले अबपनि व्यक्ति चयन गर्दा ध्यान नपुराए यस्तै घटनाक्रम दोहोरिदैन भन्न नसकिने कुरा वताए l  प्रधानमन्त्रीको यो कदम पछि आफ्नै पार्टीका कार्यकर्ता तथा विपक्षी दलहरुले संसद विगठन संविधान विपरित भएको भन्दै सडकमा उत्रिएर विरोध गरेका छन् l

6795
Shares

ट्रेन्डिङ