सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • काभ्रेबाट ओली समूहको केन्द्रिय सदस्यमा ११ जना थपिए

काभ्रेबाट ओली समूहको केन्द्रिय सदस्यमा ११ जना थपिए

4385
Shares
काभ्रेबाट ओली समूहको केन्द्रिय सदस्यमा ११ जना थपिए

काभ्रे : प्रधानमन्त्री केपी शर्मा ओली समूहको केन्द्रिय सदस्यमा काभ्रेबाट ११ जना अटाएका छन् । आज बसेको केन्द्रिय समितिको बैठकले काभ्रेका ११ जनालाई केन्द्रिय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको हो ।

काभ्रेबाट ओली समूहको केन्द्रिय सदस्यमा रामहरि सुवेदी, अशोक ब्याञ्जु, नारायण पाण्डे, नबिना लामा, रिता ढकाल (धरिना), डाक्टर अम्बु भवनी कार्की रहेका छन् । त्यस्तै भीमप्रसाद न्यौपाने, कुमार खकुरेल, चन्द्र लामा, कुमार थापा र रुकमनी मगर समेत केन्द्रिय सदस्यमा अटाएका छन् । केन्द्रीय कमिटीले नाम अझै हेरफेर गर्न सक्ने स्रोतको दाबी छ ।

ओली समूहमा केन्द्रिय सदस्य मनोनित हुनेमा रिता ढकाल र रुकमनी मगर पूर्व माओवादी खेमाका हुन् । अन्य भने पूर्व एमाले खेमाकै हुन् । काभ्रेमा ओली समूह नेकपाका बनेपा स्थित कार्यालय समेत विहानै कब्जामा लिएको छ । नेकपा काभ्रेका इन्चार्ज पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटा ओलीका विश्वसिला पात्र मानिन्छन् ।

तर नेकपाको जिल्ला कमिटी अध्यक्ष रुकु चालागाई र सचिव टोक बहादुर वाइबा प्रचण्ड माधव समूहका मानिन्छ । अध्यक्ष र सचिवले हिजो विज्ञाप्ति जारी गर्दै प्रधानमन्त्री ओली संसद विघटन गर्नु असंवैधानिक रहेको भन्दै विरोध गर्न कार्यकर्तालाई आग्रह समेत गरेका थिए ।

4385
Shares

ट्रेन्डिङ