सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • चोरबाटोवाट काव्रेलीमा लगानी

चोरबाटोवाट काव्रेलीमा लगानी

3680
Shares
चोरबाटोवाट काव्रेलीमा लगानी

जलविद्युत माफियाहरुले चोरवाटोबाट अरुण काव्रेली पावर कम्पनी लिमिटेडमा शेयर लगानी गरेको खुलासा भएको छ । विभिन्न ७ वटा सहकारीहरुले नियमविपरित अरुण काव्रेलीमा करिब ६८ लाख कित्ता शेयरमा लगानी गरेका हुन ।

पटक/पटक विवादमा फसेको सिद्धार्थ क्यापिटल कम्पनी मार्फत नियमविपरित संस्थाको आवेदन परेको भेटिएको छ । साधारण शेयर बाँडफाँडमा समेत सहकारीलाई दिएको खुलेको हो । पाथीभरा बचत तथा ऋण सहकारी, ओम सूर्य बचत तथा ऋण सहकारी, केन्द्र बचत तथा ऋण सहकारी, नव स्वस्तिक बचत तथा ऋण सहकारी, चन्द्र ढकालको आईएमई बचत तथा ऋण सहकारी जस्ता कम्पनीले चोरवाटोबाट अरुण काव्रेली पावर कम्पनीमा शेयर लगानी गरेको खुलेपनि सम्बन्धित निकाय मौन रहेको भेटिएको छ ।

के संस्थाले संस्थापक शेयर र सर्वसाधारण शेयर किन्न पाउने हो भनी कम्पनी रजिष्टार कार्यालयका रजिष्ट्रार प्रेम कुमार श्रेष्ठसँग गरेको प्रश्नमा उनीले भने सहकारीले आफै यस्ता योजना संचालन गर्न पाउदछन् तर अन्य कम्पनीको संस्थापक शेयर र सर्वसाधरण शेयर किन्न वा खरिद गर्न पाउदैनन् तपाईले भने जस्तै हो भने हामी कारवाही गर्दछौं ।

समाचार सुत्रले दिएको जानकारी अनुसार आईएमर्ई सहकारीले २९५ कित्ता शेयर र पाथीभरा बचत तथा ऋण सहकारीले २९५ कित्ता, आफ्नो सहकारी कोषले २९५ कित्ता, ओम सूर्य बचत तथा ऋण सहकारीले ९९ कित्ता र नवस्वस्ती सहकारीले १३ कित्ता अरुण काव्रेली पावरको शेयर नियमविपरित पाएको छ ।

यता सर्वसाधारणहरुलाई भने गोलाप्रथावाट शेयर वाँडफाड गरिएको थियो । गुरु प्रसाद न्यौपानेको स्वामित्वमा रहेको अरुण काव्रेली पावरको यस्तो बद्मासीलाई राज्यले तत्काले कारवाही गर्नु जरुरी देखिन्छ ।

3680
Shares

ट्रेन्डिङ