सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रेमा पछिल्लो २४ घण्टामा १८ संक्रमित थपिए, ८ जना संक्रमणमुक्त

काभ्रेमा पछिल्लो २४ घण्टामा १८ संक्रमित थपिए, ८ जना संक्रमणमुक्त

3620
Shares
काभ्रेमा पछिल्लो २४ घण्टामा १८ संक्रमित थपिए, ८ जना संक्रमणमुक्त

काभ्रे : काभ्रेमा पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार योसँगै काभ्रेमा कोरोना संक्रमितको कुल संख्या ३ हजार २ सय ५२ पुगेको छ । जिल्लामा हाल १ सय २० जना संक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा भने ८ जना संक्रमणमुक्त भएका छन । जिल्लामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ हजार ८८ पुगेको छ । संक्रमणमुक्त हुनेहरुमा पुरुष १ हजार ८ सय ५७ रहेका छन् भने महिला १ हजार २ सय ३१ रहेको छन् । काभ्रेमा हाल ४४ जना कोरोना संक्रमितको मृ’त्यु भएको भैसकेको छ ।

हाल जिल्लामा १ सय १५ जना होम आइसोलेसनमा रहेका छन् भने ५ जना अस्पतालको आइसोलेसनमा उपचार गरिरहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले बताउनुभयो ।

3620
Shares

ट्रेन्डिङ