सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • निर्वाचन कार्यालय काभ्रेद्धारा मध्यावधी निर्वाचनको आवश्यक तयारी सुरु

निर्वाचन कार्यालय काभ्रेद्धारा मध्यावधी निर्वाचनको आवश्यक तयारी सुरु

14440
Shares
निर्वाचन कार्यालय काभ्रेद्धारा मध्यावधी निर्वाचनको आवश्यक तयारी सुरु
  • रवि धिताल

काभ्रे : निर्वाचन कार्यालय काभ्रेले मध्यावधी निर्वाचनको तयारी सुरु गरेको छ । निर्वाचन आयोगको मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम २०७७ अनुसार आवश्यक तयारी थालेको हो ।

पहिलो चरणमा काम मतदानस्थल, केन्द्रको अवस्था र स्थानीय तहबाट आएको औपचारिक पत्रसहितको सुझावका आधारमा छलफल गरी निर्वाचन आयोगमा सिफारिस गर्ने काम अगाडि बढाईएको कार्यालयले जनाएको छ ।

आयोगको निर्देशन अनुसार नयाँ मतदानस्थल बनाउन नमिल्ने तर भएकोलाई अवस्था र मतदाताको समस्यालाई ध्यानमा राखेर राजनीतिक दल र स्थानीय तहको सुझावको आधारमा निर्वाचन आयोगमा सिफारिस गरिने भएको छ ।

यस्तै मतदाता नामावली दाविविरोध गर्ने र अद्यावधिक गर्ने तयारी भएको हो । विसं २०७४ को निर्वाचनमा जिल्लामा दुई लाख ७२ हजार २९२ मतदाता सङ्ख्या रहेको थियो भने हाल दश हजार २६३ जना नयाँ थप भएको कार्यालयले जनाएको छ ।

14440
Shares

ट्रेन्डिङ