सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रेका हाेटलहरूलाई विद्युत डिमाण्ड शुुल्क छुट

काभ्रेका हाेटलहरूलाई विद्युत डिमाण्ड शुुल्क छुट

10195
Shares
काभ्रेका हाेटलहरूलाई विद्युत डिमाण्ड शुुल्क छुट

काभ्रे : काभ्रेका होटलहरूले पनि विद्युत डिमाण्ड शुल्कमा छुट पाउने भएका छन् । नेपाल विद्युत प्राधिकरण बनेपा वितरण केन्द्रले आज एक सुचना जारी गर्दै विद्युत डिमाण्ड शुल्क छुट हुने बताएको हो ।

कार्यालय प्रमुख माधवेन्द्र यादवका अघिल्लो बर्ष सरकारले लगाएको ल क डाउन २०७६ साल चैत १ गतेदेखि २०७७ सात भदौ मसान्तसम्मको विद्युत डिमाण्ड शुल्क शत प्रतिशत छुट हुनेछ । त्यस्तै असोज १ देखि माघ मसान्तसम्म डिमाण्ड शुल्कको होटल व्यवसायीले ५० प्रतिशत छुट पाउने छन् ।

यी सबै छुट लिन सातदिन भित्र निवेदन दिन होटल व्यवसायीहरूलाई वितरण केन्द्रले आग्रह छ । यो सुविधा पाउन होटल तथा रेस्टुरेन्ट उद्योगका रूपमा दर्ता भई नियमित रूपमा आफ्नो व्यवसाय नवीकरण गरेको प्रमाणपत्र अनिर्वाय गरिएको छ ।

10195
Shares

ट्रेन्डिङ