सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रेमा एकैदिन ३७४ जना थपिए

काभ्रेमा एकैदिन ३७४ जना थपिए

6490
Shares
काभ्रेमा एकैदिन ३७४ जना थपिए

काभ्रे : काभ्रेमा एकैदिन ३७४ जना कोरोना सं क्र मित  थपिएका छन् ।  १४१ जना निको भएको स्वास्थ्य कार्यालय काभ्रेका  बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा काभ्रेका ६ सहित ७ जनाको मृ त्यु भएकोछ । मृ त्यु हुनेमा धुलिखेल नगरपालिकाका ६४ बर्षीय महिला, ८३ बर्षीय महिला र ७५ बर्षीय पुरूष छन् । त्यसैगरि भुम्लु गाउँपालिकाका ३६ बर्षीय पुरूष, पाँचखाल नगरपालिकाका ३९ बर्षीय पुरूष, बेथानचोक गाउँपालिकाका ५८ बर्षीय पुरूष र भक्तपुरका ४५ बर्षीय महिला छन् । यी सातै जनाको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृ त्यु भएको हो ।

आज थपिएका सं क्रमितमा सबैभन्दा बढी बनेपा नगरपालिकाका ४० जना पुरुष र ३० जना महिला छन् । त्यसैगरि पनौती नगरपालिकाका ३५ जना महिला र ३२ जना पुरुष, नमोबुद्ध नगरपालिकाका २० जना पुरुष, १५ जना महिला, रोशी गाउँपालिकाका १९ जना पुरुष, १८ जना महिलामा सं क्रमण पुष्टि भएको छ ।

धुलिखेल नगरपालिकाका ३० जना पुरुष, १५ जना महिला, पाँचखाल नगरपालिकाका १६ जना पुरुष, ९ जना महिला, चौरीदेराली गाउँपालिकाका ९ जना पुरुष, ५ जना महिला, मण्डनदेउपुर नगरपालिकाका १५ जना पुरुष, ६ जना महिला सं क्रमित भएका छन् ।

तेमाल गाउँपालिकाका १५ जना महिला, १३ जना पुरुष, भुम्लु गाउँपालिकाका १५ जना पुरुष, ४ जना महिला, बेथानचोक गाउँपालिकाका ८ जना पुरुष र ४ जना महिला र महाभारत गाउँपालिकाका १ जना महिलामा सं क्रमण पुष्टि भएको छ ।

योसँगै जिल्लामा  सक्रिय सं क्रमितको संख्या २८ सय ८ पुगेको छ । जसमा १४४ जना अस्पतालको आईसोलेसनमा र २६ सय ६४ जना होम आईसोलेसनको स्वास्थ्य कार्यालय काभ्रेले  जनाएको छ ।

6490
Shares

ट्रेन्डिङ