सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • मण्डनदेउपुर नगरपालिकाको बजेट ९९ करोड, ५९ लाख

मण्डनदेउपुर नगरपालिकाको बजेट ९९ करोड, ५९ लाख

5325
Shares
मण्डनदेउपुर नगरपालिकाको बजेट ९९ करोड, ५९ लाख

काभ्रे : काभ्रेको मण्डनदेउपुर नगरपालिकाको नगरसभाले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति कार्यक्रम तथा बजेट पारित गराको छ । आज बसेको नवौँ नगरसभाले आगामी आर्थिक वर्ष नीति, कार्यक्रम तथा बजेट पारित गराको छ हो ।

नगरसभाले ९९ करोड, ५९ लाख, २ हजार, १४२ रूपैयाँको बजेट विनियोजन गरेको छ । स्वास्थ्य, कृषि, शिक्षा, खानेपानी, पर्यटन, खेलकुद लगायतका क्षेत्रलाई उच्च प्राथमिकता राखेर नीति कार्यक्रम तथा बजेट ल्याएको हो ।

नगरप्रमुख टोक बहादुर वाईबाले  नगरपालिका अन्तर्गत प्रत्येक वडाहरूमा पूर्वाधार निर्माण कार्यक्रमका ४० लाखका दरले ४ करोड ८० लाख रूपैयाँ विनियोजन गर्नुभएको छ । नगर क्षेत्रभित्र रणनैतिक महत्वका सडक पहिचान गरी उक्त सडकहरू निर्माण तथा स्तरोन्नतिका १ लाख विनियोजन गरिएको छ ।

नगरपालिकाको फेदी देखि सिपाघाटसम्मको बजार क्षेत्रमा सम्भाव्य सवारी दु र्घटना न्यूनीकरणका लागि स्पिड ब्रेकर , सडक बत्ती राख्नका लागि ३० लाख विनियोजन गरिएको छ ।

सिपाघाट तीनकुने क्षेत्रमा कालोपत्रे गर्न, हिगुवापाटी फेदी बैकल्पिक सडक स्तरोन्नति, मकैबारी, ट्याङ्कीडाँडा सडक कालोपत्रे तथा नगरपालिका पहुँच सडक निर्माण सम्पन्न गर्नका लागि २ करोड, ६० लाख विनियोजन गरिएको नगरप्रमुख वाईबाले बताउनुभयो ।

नयाँगाउँ नगरकोट सडक कालोपत्रेका लागि ८ करोड, ३० लाख रूपैयाँ विनियोजन गरिएको छ । रोहिणी- नयाँगाउँ सडक कालोपत्रे गर्न ३ करोड र सिपाघाट हिगुवापाटी ढाईटार फेदी बैकल्पिक सडकको लागि ३ करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ ।

5325
Shares

ट्रेन्डिङ