सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • शिक्षा मन्त्रालयले एसईई दिएका विद्यार्थीलाई करियर काउन्सिलिङ गर्ने

शिक्षा मन्त्रालयले एसईई दिएका विद्यार्थीलाई करियर काउन्सिलिङ गर्ने

330
Shares
शिक्षा मन्त्रालयले एसईई दिएका विद्यार्थीलाई करियर काउन्सिलिङ गर्ने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीलाई शिक्षा मन्त्रालयले ‘करियर काउन्सिलिङ’ गर्ने भएको छ ।

विश्वविद्यालयको सम्बन्धित आंगिक क्याम्पसहरूको जनशक्ति परिचालन गरेर विद्यार्थीलाई ‘करियर काउन्सिलिङ कोचिङ’ दिइने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले बताएकि छिन् ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै   श्रेष्ठले विश्वविद्यालय अनुदान आयोगसँगको सहकार्यमा ‘करियर काउन्सिलिङ कोचिङ’ दिने तयारी भएको बताएकी हुन् ।

‘कक्षा ११, १२ मा जे पढ्यो त्यही लाइनमा मात्रै जान पाइन्छ अथवा के गर्न सकिन्छ ? त्यो भन्दा फरक के अध्ययन गर्दा सहज हुन्छ । भनेर विद्यार्थीलाई परामर्श दिने तयारी भइरहेको उनले बताएकी छिन् ।

330
Shares

ट्रेन्डिङ