सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रेको रोशी गाउँपालिकाले वडा गत रूपमा मतदाता नामावली संकलन गर्ने

काभ्रेको रोशी गाउँपालिकाले वडा गत रूपमा मतदाता नामावली संकलन गर्ने

4425
Shares
काभ्रेको रोशी गाउँपालिकाले वडा गत रूपमा मतदाता नामावली संकलन गर्ने

 

काभ्रे : काभ्रेको रोशी गाउँपालिकाले आफ्नो भुगोल हेरेर वडा अनुसार मतदाता नामावली संकलन गर्ने भएको छ ।

काभ्रेमा भोलीदेखि पहिलो चरणमा ६ वटा पालिकामा मतदाता नामावली संकलन हुँदैछ । मंगलबार धुलिखेलमा निर्वाचन कार्यालयले राजनीतिक दल र पत्रकारलाई सामुहिक छलफल गरेर पालिकामा केन्द्र रहने गरी मतदाता नामावली संकलन गरिने बताएको थियो ।

पहिलो चरणमा मतदाता संकलन हुने रोशी, खानीखोला, बेथानचोक गाउँपालिका, बनेपा, पनौती र पाँचखाल नगरपालिका मध्ये रोशी गाउँपालिकाले मात्रै वडा अनुसार मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो । आज पालिकाका अध्यक्ष डि वि लामाको संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले मतदाता नामावली कार्यतालिका समेत सार्वजनिक गरेको छ । बैठकले गरेको निर्णय अनुसार मंसिर १७ गते वडा नम्बर ७ र ८ का कटुञ्जेबेशीमा मतदाता नामावली संकलन हुनेछ ।

मंसिर १८ गते वडा नम्बर ६ को, मंसिर १९ गते वडा नम्बर ९ को, २० गते वडा नम्बर १ को, २१ गते वडा नम्बर २ र ३ को, मंसिर २२ गते वडा नम्बर ४ र ५ को कटुञ्जेबेशीमा मतदाता नामावली संकलन हुनेछ ।

मंसिर २३ गते वडा नम्बर १० को, २४ गते वडा नम्बर ११ को, २५ गते वडा नम्बर १२ को र मंसिर २६ गते रोशी गाँउपालिका वडा नम्बर १ देखि १२ सम्मका फोटो खिचाउन छुटेकाको कटुञ्जेबेशीमा मतदाता नामावली संकलन हुनेछ ।

4425
Shares

ट्रेन्डिङ