सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेमा काँग्रेस अधिवेशन :१९ हजार १० सदस्यले मतदान गर्न पाउने

काभ्रेमा काँग्रेस अधिवेशन :१९ हजार १० सदस्यले मतदान गर्न पाउने

9015
Shares
काभ्रेमा काँग्रेस अधिवेशन :१९ हजार १० सदस्यले मतदान गर्न पाउने

काभ्रेपलाञ्चोक,असार ४ ;  नेपाली काँग्रेस जिल्ला समितिका १९ हजारभन्दा बढी क्रियाशील सदस्यले मङ्गलबार १३५ वडा सभापति चयन गर्दैछन् । तेह्र स्थानीय तह रहेको जिल्लामा १३५ वडा छन् ।  मङ्गलबार हुने वडा निर्वाचनमा १९ हजार १० सदस्यले मतदान गर्न पाउने नेपाली काँग्रेस जिल्ला समितिले जनाएको छ ।

“आजसम्म वडा सभापतिमा सर्वसम्मत भएको घोषणा भएको छैन, भोलि केही वडामा हुनसक्ने पाइएको छ”, उनले भने । उनका अनुसार नेपाली काँग्रेस जिल्ला समितिमा हाल अद्यावधिक क्रियाशील सदस्यमध्ये आधा नवीकरण र आधा नयाँ क्रियाशील सदस्य हुन् ।वडा निर्वाचनमा वडा सभापतिसहित २२ को वडा कार्यसमिति चयन गर्ने नेपाली काँग्रेसका जिल्ला सचिव दिनेश लामाले बताए ।

पार्टीको निर्वाचन कार्यतालिकाअनुसार यही असोज ५ गते वडा अधिवेशन, ९ गते गाउँ÷नगर, १२ गते प्रदेश क्षेत्र, १५ गते प्रतिनिधिसभा क्षेत्र तथा असोज १८ गते जिल्ला अधिवेशनको मिति तय भएको छ । असोज ५ गते हुने वडा अधिवेशनका लागि केन्द्रीय निर्वाचन अधिकृतका रुपमा अधिवक्ता राजेन्द्र लामिछाने जिल्ला आई शनिबारदेखि तयारी थालेका छन् ।

असोज ९ गते हुने नगर निर्वाचनमा बनेपा नगरपालिकाबाट दुई आकाङ्क्षीले नगर सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । वर्तमान नगर सचिव महेश कर्माचार्य र पार्टीको जिल्ला प्रशिक्षण विभागका सचिव शान्तिरत्न शाक्यले नगर सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

जिल्ला सभापतिमा भने सात आकाङ्क्षी रहेका छन् । जसमा वर्तमान सभापति मधुप्रसाद आचार्य, केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई, उपसभापति अच्युत पौडेल, सचिव दिनेश लामा, पूर्वसांसद तीर्थ लामा, क्षेत्रीय सभापति रमेशप्रसाद हुमागाई र पाँचखाल नगरपालिका प्रमुख महेश खरेल देखिएका छन् ।

 

9015
Shares

ट्रेन्डिङ