सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कांग्रेसले तोक्यो महाभारत गाउँपालिकामा अधिवेशनको मिति

कांग्रेसले तोक्यो महाभारत गाउँपालिकामा अधिवेशनको मिति

4710
Shares
कांग्रेसले तोक्यो महाभारत गाउँपालिकामा अधिवेशनको मिति

कांग्रेसले काभ्रेको महाभारत गाउँपालिकामा अधिवेशनको मिति तोकेको छ । आज निर्वाचन अधिकृत राजेन्द्र कुमार लामिछानेले एक विज्ञप्ति मार्फत नयाँ मिति तोक्नु भएको हो । पर्सि १४ गते अधिवेशनको मिति तोकिएको हो ।

यसअघि असोज ९ गते तोकिएको मितिमा विशेष कारण जनाउदै मतदान अधिकृत अधिवेशन स्थगित गरेका थिए । नेताहरूको गुटगत भन्दा पनि निर्वाचन समितिकै कमजोरीका कारण महाभारत गाउँपालिकामा कांग्रेसको अधिवेशन रोकिएको थियो ।

कांग्रेसले काभ्रेले जिल्लाको १३ मध्ये १२ वटा स्थानीय तहमा अधिवेशन सकाएको छ । जसमा पूर्व जिल्ला सभापति शिव हुमागाई समूहले बर्चस्व कायम राखेको छ । सभापति मधु आचार्य समूहको कन्तबिजोग देखिएको छ ।

असोज ५ गते सकिएको वडा अधिवेशनबाटै निर्वाचित प्रतिनिधिका आधारमा तर्सेको आचार्य प्यानलले पालिका अधिवेशनको पूर्वसन्ध्या शुक्रबार अधिवेशन नहुने भन्दै प्रोपोगाण्डा मच्चाएको थियो । राति अबेर निर्वाचन अधिकृत राजेन्द्र लामिछानेले कुनै कारणले अधिवेशन नरोकिने जवाफ दिएपछि महाभारत गाउँपालिका बाहेक अन्य सबै स्थानीय तहमा अधिवेशन सकिएको छ ।

4710
Shares

ट्रेन्डिङ