सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • पटका र अतिसवाजी जस्ता वि ष्फो ट क पदार्थ नबेच्न जिल्ला प्रशासन काभ्रेको निर्देशन

पटका र अतिसवाजी जस्ता वि ष्फो ट क पदार्थ नबेच्न जिल्ला प्रशासन काभ्रेको निर्देशन

4630
Shares
पटका र अतिसवाजी जस्ता वि ष्फो ट क पदार्थ नबेच्न जिल्ला प्रशासन काभ्रेको निर्देशन

काभ्रे : हिन्दुधर्मावलम्वीहरुको दोसा्रे महान् पर्व तिहार हिजोबाट सुरु भएको छ । देउसी भैलो खेलेर रमाईलो गर्ने पर्व तिहार काभ्रेमा यसपालि पनि पोहोर जस्तै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मनाउनु पर्ने भएको छ ।

कोरोना महामारीका बिच भित्रिएको तिहारलाई व्यवस्थित र मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालयले विभिन्न मापदण्ड तोकेको छ । उज्यालोको पर्व भनेर चिनिने तिहारमा बत्तीको धेरै प्रयोग हुने गरेको छ ।

यस्ता बत्ती बाल्दा पनि ध्यान दिन प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आग्रह गर्नुभएको छ । दिपावली र छठ पर्वको अवसरमा बालिने बत्तीहरुका कारण विद्युत् स र्ट भइ आ ग ला गी हुने भएकाले सजगता अपनाउन आग्रह गरिएको हो । त्यस्तै पटका, अतिसवाजी जस्ता वि ष्फो ट क पदार्थ बेचविखन र प्रयोग नगर्न पनि प्रजिअ पोखरेलले आग्रह गर्नुभएको छ ।

यस्तै काभ्रे जिल्लामा तिहारमा खेलिने देउसी भैला राती ९ बजेसम्म मात्र खेल्न दिने भएको छ । सर्वसाधारणको सुरक्षा र कोरोना महामारीलाई मध्यनजर गर्दै स्वास्थ्य सूरक्षाका मापदण्ड अपनाएर राती ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न दिने निर्णय भएको पोखरेलले जनाकारी दिनुभयो ।

त्यसैगरि सार्वजनिक तथा नीजि सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न,चालक,सहचालक तथा यात्रुले अनिवार्य निर्धारित स्वास्थ्य मापदण्ड पालना गर्न प्रमुख जिल्ला अधिकारी पोखरेलले आग्रह गर्नुभएको छ ।

त्यस्तै जिल्लाभित्र चल्ने निर्माण सामाग्री ढुवानीका साधन बेलुका ७ बजेपछि बिहान ६ बजेसम्म मात्रै सञ्चालन गर्न अनुमति दिएको छ । जिल्ला बाहिर निर्माण सामाग्री लैजानु परेमा भने राती ९ बजेपछि बिहान ५ बजेसम्म मात्रै दिइने पनि प्रजिअ पोखरेलले जानकारी दिनुभयो । आजैदेखी लागु हुने गरि अर्काे सूचना प्रकाशन नभएसम्मका लागि जिल्लाभर स्मार्ट लकडाउन जारी गरिएको छ ।

4630
Shares

ट्रेन्डिङ