सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रे काँग्रेसको संघीय निर्वाचन क्षेत्रको अधिवेशन आज : यी हुन चुनाबी मैदानमा उत्रिएका उम्मेदवार

काभ्रे काँग्रेसको संघीय निर्वाचन क्षेत्रको अधिवेशन आज : यी हुन चुनाबी मैदानमा उत्रिएका उम्मेदवार

4445
Shares
काभ्रे काँग्रेसको संघीय निर्वाचन क्षेत्रको अधिवेशन आज :  यी हुन चुनाबी मैदानमा उत्रिएका उम्मेदवार

 

आज नेपाली काँग्रेसले काभ्रेका दुई वटा संघीय निर्वाचन क्षेत्रमा अधिवेशन हुदँैछ । मुख्य निर्वाचन अधिकृत राजेन्द्र लामिछानेका अनुसार अधिवेशनको प्रक्रिया प्रारम्भ भैसकेको छ ।

निर्वाचन क्षेत्र नम्बर १ को भकुण्डेबेसीमा अधिवेशन हुने छ । निर्वाचन क्षेत्र नम्बर १ मा हालसम्म शिव प्यालनबाट सभापतिमा दिनेश लामा सहित पदाधिकारीको मात्रै उम्मेदवारी घोषणा भएको छ । मधु प्यानलले अहिलेसमम्म उम्मेदवारी घोषणा गर्न सकेको छैन् ।

निर्वाचन क्षेत्र नम्बर १ को सचिबमा शिव प्यानलबाट विद्या सागर लामा र किशोर राज गिरी, सहसचिबमा पदम बहादुर लामा र गणेश अधिकारीको उम्मेदवारी घोषणा गरिएको छ ।

निर्वाचन क्षेत्र नम्बर २ को अधिवेशन बनेपामा हुनेछ । क्षेत्र नम्बर २ मा भने निर्वाचन नै हुने पक्का छ । यो क्षेत्रमा शिव र मधु दुबै समूहले आ आफ्नो उम्मेदवार घोषणा गरिसकेका छन् ।

निर्वाचन क्षेत्र नम्बर २ मा मधु प्यालनबाट सभापतिमा महेश खरेल प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । खरेलको टिमबाट सचिबमा कृष्णबुद्ध बजगाई र नारायण सापकोटा, सह सचिबमा चिरञ्जवी आचार्य (दिलिप) र पुरुषोत्तम बजगाईको उम्मेदवारी परेको छ ।

शिव हुमागाई समूहबाट क्षेत्र नम्बर २ को सभापति सुन्दरमणी आचार्य प्रतिस्पर्धामा हुनुहुन्छ । सुन्दरमणीको टिमबाट सचिबमा आनन्द सापकोटा र राम जोशी, सहसचिबमा निराजन लुईटेल र राजेश तिमल्सिना हुनुहुन्छ ।

२५ सय ४३ जना प्रतिनिधि सहभागि हुनेछन् । मतदान हुने स्थानमा साझँ ५ बजेसम्म मतदान गर्न पाउने ब्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत लामिछानेले जानकारी दिनुभयो ।

काँग्रेसको जिल्ला अधिवेशन भने यहि मंसिर १० गते हुदँैछ । अहिलेसम्म जिल्ला सभापतिको उम्मेदवार शिव प्यानलले मात्रै घोषणा गरेको छ । शिव प्यानलबाट जिल्ला सभापतिमा तीर्थ लामाको उम्मेदवारी परेको छ ।

4445
Shares

ट्रेन्डिङ