सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • यी हुन् काभ्रे क्षेत्र नं १ बाट बनेका केन्द्रीय महाधिवेशन प्रतिनिधि

यी हुन् काभ्रे क्षेत्र नं १ बाट बनेका केन्द्रीय महाधिवेशन प्रतिनिधि

12820
Shares
यी हुन् काभ्रे क्षेत्र नं १ बाट बनेका केन्द्रीय महाधिवेशन प्रतिनिधि

 

काभ्रे : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको काभ्रे क्षेत्र नं १ को केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचनको अन्तिम मत परिमाण सार्वजनिक भएको छ ।

कांग्रेसको केन्द्रीय नेतृत्व चयन र नीति निर्माणका लागि संघीय महाधिवेशन प्रतिनिधि चयन सबैभन्दा महत्वपूर्ण मानिन्छ । वडा र प्रदेश क्षेत्र निर्वाचन सकिएको काभ्रेमा मंगलबार काभ्रे क्षेत्र नं १ मा मतगणना सकिएको हो ।

सोमबार मतदान भएको थियो भने मंगलबार साँझ नतिजा सार्वजनिक भएको हो । क्षेत्र नं १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा २६ जना छनोट भएका छन्।

खुल्लाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा गणेश लामा, गुणराज मोक्तान, गुमान सिङ्ग लामा, चन्द्र बहादुर तामाङ(सि.बी), चन्द्र बहादुर तामाङ, तिर्थ लामा, बिक्रमराज गौतम, शार्किमान बल, शंखबुद्ध लामा र हर्षजित लामा निर्वाचित भएका छन् ।

प्रत्यक्ष महिलातर्फ अन्जु रंजित, जयन्ति हुमागाईं, मिराकुमारी नेपाली र लक्ष्मी कुमारी उप्रेती बर्तौला निर्वाचित भए । आदिबासी जनजाति पुरुषतर्फ हरि बहादुर लामा, रोशन तामाङ र बिक्रम लामा निर्विरोध निर्वाचित भए ।

त्यस्तै आदिबासी जनजाति महिलातर्फ दुर्गामाया तामाङ, ललिता किरिङ मगर र शान्ति लामा निर्विरोध निर्वाचित भए । दलितबाट उस्फ़र सुनार निर्विरोध निर्वाचित भए भने अपाङ्गबाट उद्धब प्रसाद कोइराला निर्विरोध निर्वाचित भए ।

खसआर्य पुरुषतर्फ माधब प्रसाद पन्त र रमेश प्रसाद हुमागाईं निर्वाचित भए । खसआर्य महिलातर्फ रमिला अधिकारी निर्वाचित भए ।

12820
Shares

ट्रेन्डिङ