सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रे काँग्रेस अधिवेशनः क्षेत्र नम्बर २ को सभापतिमा महेश खरेल विजयी

काभ्रे काँग्रेस अधिवेशनः क्षेत्र नम्बर २ को सभापतिमा महेश खरेल विजयी

4680
Shares
काभ्रे काँग्रेस अधिवेशनः क्षेत्र नम्बर २ को सभापतिमा महेश खरेल विजयी

 

नेपाली काग्रेस काभ्रे संघीय निर्वाचन क्षेत्र नम्बर २ को सभापतिमा महेश खरेल विजयी हुनुभएको छ ।

शिव हुमागाई प्यानलका सभापति उम्मेदवार सुन्दरमणी आचार्यलाई हराउँदै मधु आचार्य प्यानलका खरेल सभापतिमा निर्वाचित हुनुभएको हो । प्राप्त मत परिणाम अनुसार महेश खरेलले ६३४ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका प्रतिद्धन्द्धि सुन्दरमणी आचार्यले ५४७ मत प्राप्त गर्नुभएको छ । अहिले खरेलका समर्थकहरुले बनेपामा विजयी जुलुस निकाल्न थालेका छन् ।

आचार्यको भन्दा ८७ मत बढी ल्याएर खरेल निर्वाचन क्षेत्र नम्बर २ को सभापतिमा निर्वाचित हुनुभएको हो । यद्यदि निर्वाचनमा खटिएका अधिकारीहरुले अन्तिम परिणाम घोषणा गरेका छैनन् ।

मत गणना भइरहेको स्थानमा सयौँको संख्यामा महेश खरेलका समर्थक, शुभेच्छुक र प्रतिनिधि भेला भएका छन् । निर्वाचन क्षेत्र नम्बर २ मा १२ सय ३० जना प्रतिनिधि छन् । जसमा १२ सय ८ मत खसेको थियो ।

4680
Shares

ट्रेन्डिङ