सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रे काँग्रेस मतगणना अपडेटः तीर्थ लामाको अग्रता कायमै

काभ्रे काँग्रेस मतगणना अपडेटः तीर्थ लामाको अग्रता कायमै

3580
Shares
काभ्रे काँग्रेस मतगणना अपडेटः तीर्थ लामाको अग्रता कायमै

काभ्रे काँग्रेसको जारी मत गणनामा तीर्थ लामाले आफ्नो अग्रता थप फराजिकलो पार्दे लागेका छन् ।

हालसम्म कुल खसेको मत मध्ये  १ हजार २ सय ६३ मत गनिसक्दा सभापतिमा शिव हुमागाईं समूहबाट तीर्थ लामाले ८ सय ६९ मतले आफ्नो अग्रतालाई कायमै राखेका हुन् । मत गणनाको सुरुदेखि नै लामाले अग्रता लिइरहेका थियो ।

यता मधु आचार्य समूहबाट सभापतिमा उठेका अच्युत प्रसाद पौडेलले भने ३ सय ६४ मतका साथ तीर्थ लामालाइ पछाई रहेका छन् ।

उपसभापता तीर्थ प्यानलको ठाकुर प्रसाद न्यौपानेको ७३३ मत र रमेश प्रसाद हुमागाईंको ८३३ मत रहेको छ । मधु आचार्य प्यानलका उपसभापति गोविन्द बहादुर थापाको ३४६ मत, शंकरदास लामा (राजु) को ३०८ मत रहेका छ भने उपसभापतिको स्वतन्त्र उम्मेदवार देवराज लामाको १२३ मत रहेको छ ।

सचिबमा तीर्थ प्यानलका गुणराज मुक्तानको ७६४ मत र माधव प्रसाद ढकालको ७७२ मत रहेको छ । मधु आचार्य प्यानलका कमल बहादुर तामाङ ३७६ मत र दिनेश भुर्तेलको ३९१ मत छ ।

सहसचिबमा तीर्थ लामा समूहका रमीर ब्याञ्जु श्रेष्ठको ८१७ मत र रबिन्द्रनाथ सिग्देलको ७६६ मत रहेको छ । मधु आचार्य प्यानलका बिनोद गौतमको ३२९ मत र रञ्जीव श्रेष्ठको ३९७ मत रहेको छ । आज दिनभरमा सबै मतपरिणाम आईसक्ने बताईएको छ ।

3580
Shares

ट्रेन्डिङ