सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रे काँग्रेसमा नयाँ इतिहास रच्दैँ तीर्थ लामा: जिल्ला सभापति बन्ने निश्चित

काभ्रे काँग्रेसमा नयाँ इतिहास रच्दैँ तीर्थ लामा: जिल्ला सभापति बन्ने निश्चित

4430
Shares
काभ्रे काँग्रेसमा नयाँ इतिहास रच्दैँ तीर्थ लामा: जिल्ला सभापति बन्ने निश्चित

 

काभ्रे : युवा नेता तीर्थ लामा नेपाली काँग्रेस काभ्रेको जिल्ला सभापति बन्ने निश्चित भएको छ । जारी मत गणनामा सभापति पदका उम्मेदवार लामाले अहिले प्रतिद्धन्द्धी भन्दा दोब्बर मत सहित अग्रतालाई निकै फराकिलो पर्दै लैजानु भएको छ ।

मत गणना अन्तिम अन्तिम चरणमा आइपुगेको छ । तीर्थ लामा जीतको अत्यन्तै नजिक रहनुभएको छ । शिव–तीर्थ प्यानलबाट उम्मेदवार बनेका सबैले अग्रतालाई कामयमै राखेका छन् । आफ्नै प्यानलको पनि सबैभन्दा बढी मत सभापतिका उम्मेदवार तीर्थ लामाले नै पाउनुभएको छ । हालसम्म २१६७ मत गणना सकिएको छ ।

२५ सय ४४ प्रतिनिधिमा २४ सय ६८ मत खसेको छ । जसमा तीर्थ लामाले १३७८ मत ल्याउनुभएको छ । भने उहाँको प्रतिद्धन्द्धी अच्युत प्रसाद पौडेलले ६४३ मत मात्रै पाउनुभएको छ ।

लामाले काभ्रे काँग्रेसमा एउटा इतिहास रच्दै हुनुहुन्छ । सर्वसम्मतको प्रयास असफल भएपछि लामाको समूह निर्वाचनमा गएको हो । युवा माझ अत्यन्तै लोकप्रिय लामा काभ्रे काँग्रेसको नेतृत्न गर्ने तामाङ समुदायबाट पहिलो ब्यक्ति बन्नु हुनेछ । यसअघि काँग्रेस काभ्रेमा तामाङ समुदायबाट कुनै पनि सभापति बनेका छैनन् ।

मत गणना अन्तिम चरणमा पुग्दै सभापतिका उम्मेदवार तीर्थ लामालाई बधाई तथा शुभकामना दिन सुरु भइसकेको छ । लामाको शुभचिन्तक, आफन्त, शुभेच्छुक र प्रतिनिधिले सामाजिक सञ्जाल मार्फत शुभकामना दिन थालेका हुन् ।

 

 

4430
Shares

ट्रेन्डिङ