सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेको चेहेरे सुनकोसी पक्की पुल शिलान्यास

काभ्रेको चेहेरे सुनकोसी पक्की पुल शिलान्यास

5665
Shares
काभ्रेको चेहेरे सुनकोसी पक्की पुल शिलान्यास

 

काभ्रेको भुम्लुमा चेहेरे सुनकोसी पुलको शिलान्यास गरिएको छ ।

पुल निर्माण सँगै सापिङ सिम्थली बेखसिम्ले चौबास जनतामा खुसियाली छाएको छ । पुलको शिलान्यास गाउँपालिका अध्यक्ष गुमान ध्वज कुवँरले गरेका हुन् ।

उनले उद्घाटन गर्दै हजारौं बर्ष देखिको सापिङ सिम्थली बेखसिम्ले चौबास जनताको सपना आफूले पूरा गरेको बताएका थिए । उनले यसरीनै जनताको लागि काम गर्ने समेत प्रतिवद्धता ब्यक्त गरेका छन् ।

पुल बनाउने जिम्मा अमर कन्ट्रक्सनले पाएको छ । उसले आगामी दुई बर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ । ​कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कल्पना श्रेष्ठ, जिल्ला समन्वय समिति काभ्रेका सदस्य प्रेम लामा,वडा अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो

5665
Shares

ट्रेन्डिङ