सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • कांग्रेसको ६ वटै प्रदेशको नतिजा सार्वजनिक : कहाँ कसको जित ?

कांग्रेसको ६ वटै प्रदेशको नतिजा सार्वजनिक : कहाँ कसको जित ?

4200
Shares
कांग्रेसको ६ वटै प्रदेशको नतिजा सार्वजनिक : कहाँ कसको जित ?

 

कांग्रेसको प्रदेश समितिको नेतृत्वका लागि भएको चुनावमा संस्थापन र संस्थापन इतर समूहबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

चुनाव भएका ६ वटा प्रदेशमध्ये सुदूरपश्चिम, कर्णाली र वाग्मती प्रदेश सभापतिमा शेरबहादुर देउवा तथा गण्डकी र लुम्बिनीमा संस्थापन इतर समूह विजयी भएको छ ।

प्रदेश-१ मा देउवाको समर्थन रहेका कृष्ण सिटौला समूहका उद्धव थापा दुई मतले विजयी हुनुभएको छ ।सभापतिमा थापाले ८ सय ४४ मत र संस्थापन इतर पक्षका गुरुराज घिमिरेले ८ सय ४२ मत प्राप्त गर्नुभएको हो ।

यस्तै लुम्बिनी प्रदेशमा संस्थापन इतर समूहका अमर पुन विजयी हुनुभएको छ । वाग्मती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ विजयी हुनुभएको छ । बानियाँले एक हजार ८५ र जगदीश्वर नरसिंह केसीले ९ सय २७ मत ल्याउनुभएको छ ।

सुदूरपश्चिम प्रदेश सभापतिमा वीरबहादुर बलायर, कर्णालीमा ललितजङ्ग शाही र गण्डकी सभापतिमा शुक्रराज शर्मा विजयी हुनुभएको छ । प्रदेश-२ मा भने अधिवेशन कहिले हुने अझै अन्योल छ ।

प्रदेश-२ मा रहेका आठ जिल्लाका ३२ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमध्ये सात वटा निर्वाचन क्षेत्रमा अधिवेशन नभएकाले प्रदेश अधिवेशन स्थगित भएको हो ।

 

4200
Shares

ट्रेन्डिङ