सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • काभ्रेमा मेयर कप फुटबल प्रतियोगिता हुने

काभ्रेमा मेयर कप फुटबल प्रतियोगिता हुने

6250
Shares
काभ्रेमा मेयर कप फुटबल प्रतियोगिता हुने

 

काभ्रे : आकाश भैरब क्लबले धुलिखेलमा मेयर कप फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।

क्लबले आज धुलिखेलमा पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार यहि मंसिर २६ गतेदेखि प्रतियोगिता सञ्चालन हुनेछ । खेल धुलिखेल सामुदायिक खेलमैदान अड्डा बजारमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा हालसम्म २० टिम पुगिसकेको छ । प्रतियोगितामा पहिलो हुने टिमले २ लाख र दोस्रो हुने टिमले १ लाख रूपैयाँ पुरस्कार पाउनेछन् ।

उत्कृष्ट गोल रक्षकले ५ हजार, उत्कृष्ट खेलाडीले ५ हजार, सर्वाधिक गोलकर्ता ५ हजार सिल्ड, मेडल र प्रमाणपत्र, म्यान अफ दि म्याच २ हजार पाउनेछ ।

‘नेपाल आइस धुलिखेल मेयर कप फुटबल प्रतियोगिता २०७८’ नाम दिईएको प्रतियोगिता नकआउटका आधारमा खेलाईनेछ । बि र सि डिभिजन क्लब सहभागी हुनेछन् ।

क्लबले २०७४ सालदेखि मेयर क्लब सञ्चालन गर्दै आएको छ ।

6250
Shares

ट्रेन्डिङ