सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेमा संचालित ७ वटा औषधि पसल कारवाहीमा

काभ्रेमा संचालित ७ वटा औषधि पसल कारवाहीमा

13280
Shares
काभ्रेमा संचालित ७ वटा औषधि पसल कारवाहीमा

 

काभ्रे : काभ्रे जिल्लामा संचालित ७ वटा औषधि पसल कारवाहीमा परेका छन् ।

औषधि व्यवस्था विभागले जिल्लामा संचालित ७ वटा औषधि पसललाई कारवाही गरेको हो । दर्ता नभएका, औषधि बिक्रीको बिल भरपाई नभएका औषधि पसललाई विभागले कारवाही गरेको हो ।

औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा ती औषधि पसललाई कारबाही गरेको हो । विभागका अनुसार काभ्रेका स्माइल केयर फार्मेसी बनेपा, जनसेवा फार्मेसी मण्डनदेउपुर, धुव्रतारा भेटेरीनरी सेन्टर पनौती, विराज औषधि पसल भुम्लु, कम्युनिटी वेलनेस सेन्टर प्रा.लि बनेपा, स्याउला वास पास पनौती र दीर्घायु मेडिको फर्मा बनेपा रहेका छन् ।

यी औषधि पसलमध्ये जनसेवा फार्मेसीलाई २१ दिन र अन्यलाई सात दिनका लागि निलम्बन गरिएको विभागले जनाएको छ । औषधि ऐन २०३५ को दफा २० को उपदफा ४ (क) अनुसार काभ्रे सहित काठमाडौं र ललितपुरका विभिन्न औषधि पसललाई कारबाही गरिएको हो ।

 

13280
Shares

ट्रेन्डिङ