सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • मानसिक स्वास्थ्यमा सरकारले चासो देखाएन : सांसद बराल

मानसिक स्वास्थ्यमा सरकारले चासो देखाएन : सांसद बराल

375
Shares
मानसिक स्वास्थ्यमा सरकारले चासो देखाएन : सांसद बराल

काठमाडौँ  । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपा एमालेकी सांसद सुनिता बरालले मानसिक स्वास्थ्यमा सरकारले चासो नबढाएको बताएकी छिन् ।

सांसद बरालले मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । सांसद बरालले मानसिक रोगप्रति सरकारले विभिन्न रणनीतिक योजना बनाएर काम गर्न आवश्यक रहेको बताएकी हुन् ।

उनले मानसिक समस्याका कारण समाजमा अपराध र अपराधिक घटना बढिरहेको बताइन् ।  सूचना, प्रविधि र डिजिटलाइजेशनले निम्त्याएका धेरै समस्या छन् । रोजगारी र आर्थिक असहजताले धेरै नै सामाजिक समस्या बढेका छन्,’ सांसद बरालले भनिन् । 

उनले आत्महत्याको समस्या पछिल्लो समय झनै बढेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । 

375
Shares

ट्रेन्डिङ