सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रेका मेडिकल पसलमा छैन सिटामोल

काभ्रेका मेडिकल पसलमा छैन सिटामोल

7550
Shares
काभ्रेका मेडिकल पसलमा छैन सिटामोल

 

काभ्रे: संघिय राजधानी काठमाडौँसंगै रहेको जिल्ला काभ्रेमा पनि पारासिटामोलको चरम अभाव भएको छ ।

कोभिडको ओमिक्रोन भेरियन्टसंगै फैलिएसंगै सिटामोलको अभाव हुन थालेको हो ।

बनेपाको औषधी पसलहरूमा पनि पारासिटामोल किन्न पाइँदैन । मेडिकल देखि गाउँ घरमा रहेका स्वास्थ्य चौकीमा समेत सिटामोल अभाव देखिएको छ ।

बजारको माग उद्योगले धान्न नसक्दा एकै पटक हाहाकार मच्चिएको औषधी बिक्रेताहरू बताउँछन् ।

बजारमा सिटामोल अभाव देखिएको गुनासोसँगै पारासिटामोलको कालो बजारी हुन सक्ने भन्दै सहायक प्रमुख जिल्ला अमर दिप सुनुवारको टोली बजार अनुगमनमा निस्किएको छ ।

उक्त टोलीले आजले बनेपाका मेडिसिन सप्लायर्स र फार्मेसीमा अनुगमन गरेको हो । टोलीमा स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर पुरुषोत्तम राज सेढाई, प्रह री प्रशासन, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखहरू सहभागी भएका थिए ।

अनुगमनमा साना मेडिकल पसलमा सिटामोल नरहेको पाइएको छ ।

सप्लायर्समा ७५ हजार ट्याब्लेट भन्दा बढी सिटामोल रहेको पाइएको छ । बनेपा चारदोबाटोमा रहेको ’औषधि पसल’ मात्रै नाम राखेर दर्ताबिना चलाइएको फार्मेसी तत्काल बन्द गर्न पनि अनुगमन टोलीले निर्देशन दिइएको छ ।

 

7550
Shares

ट्रेन्डिङ