सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेबाट एकैदिन चार फरार प्रतिवादीहरुलाई प क्रा उ

काभ्रेबाट एकैदिन चार फरार प्रतिवादीहरुलाई प क्रा उ

4670
Shares
काभ्रेबाट एकैदिन चार फरार प्रतिवादीहरुलाई  प क्रा उ

 

 

काभ्रे प्र ह री ले एकैदिन चार फरार प्रतिवादीहरुलाई प क्रा उ गरेको छ ।

जालसाजी मुद्दामा फरार रहेका चार प्रतिवादीहरुलाई काभ्रे प्र ह रीले आज १० वर्ष पछि प क्रा उ गरेको हो ।

प क्रा उ पर्नेमाजिल्लाको धुलिखेल नगरपालिका वडा नं. ४ का ६९ वर्षिय बुद्धीलाल खड्गी, ३८ वर्षिय प्रकाश खड्गी, ४२ वर्षिय विकाश खड्गी र ४५ वर्षिय दिल लक्ष्मी खड्गी रहेका जिल्ला प्र ह री कार्यालय काभ्रेले जनाएको छ ।

उनीहरु सबैजनालाई बनेपा नगरपालिका वडा नं. ५बाट प्र ह रीले प क्रा उ गरेको हो । उनीहरुलाई काभ्रेपलाञ्चोक जिल्ला अदालतले २०६८ फाल्गुन ४ गते जालसाजी शिर्षक मु द्धामा कैद तथा जरीवाना सजायको फैसला सुनाएको थियो ।

फरार रहेका प्रतिवादीहरुको खोजतलास गरी फैसला कार्यन्वयन गर्न, दण्डहिनताको अन्त्य र कानूनी तथा विधिको शासन स्थापित गर्ने उद्धेश्यलाई जिल्ला प्र ह री कार्यालय काभ्रेले प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

सोहि अनुरुप कार्यन्वयन गर्ने क्रममा १० वर्षदेखि फरार रहेका प्रतिवादीहरुलाई जिल्ला प्रह री कार्यालय काभ्रेबाट खटिएको प्र ह री अधिकृत सहितको विशेष प्रहरी टोलिले प क्रा उ गरेको हो ।

प क्रा उ परेका चारै जनालाई आजै फैसला कार्यन्वयनको लागि काभ्रे जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्र ह री कार्यालय काभ्रेका डिएसपी एवं प्रवक्ता हरि खतिवडाले जानकारी दिए ।

 

4670
Shares

ट्रेन्डिङ