सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेमा नक्कली बाबुछोरा प क्रा उ

काभ्रेमा नक्कली बाबुछोरा प क्रा उ

9910
Shares
काभ्रेमा नक्कली बाबुछोरा प क्रा उ

काभ्रे : झुट्टा विवरण पेश गरेर नेपाली नागरिकता लिन खोज्ने २ जना काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ८ का दुई जनालाई प्र ह रीले प क्राउ गरेको छ ।

 

प क्राउ पर्नेमा रोशी गाउँपालिका वडा नम्बर ८ खार्पाचोकका ६४ बर्षीय नानी तामाङ र सोहित ठाउँका नानी तामाङ र जमुना तामाङको छोरा हुँ भनि बताउने धर्मराज तामाङ रहेको जिल्ला प्र हरी कार्यालय काभ्रेले जनाएको छ ।

 

धर्मराज तामाङले वडा नम्बर ८ का नानी तामाङ र जमुना तामाङको छोरा हो हुँ भनी जन्म दर्ता प्रमाणपत्र समेत बनाई रोशी गाउँपालिका वडा नम्बर ८ को वडा कार्यालयबाट आवश्यक विवरण सहित बंशजको आधारमा नेपाली नागरिकता प्रमाणपत्र पाउँ भनि नागरिकताको अनुसूची फारम प्रमाणित गराएका थिए ।

 

नेपाली नागरिकता प्रमाणपत्र प्रदान गर्नको लागि उक्त प्रमाणित अनुसूची फारम मिति हिजो जिल्ला प्रशासन कार्यालय काभ्रेमा पेश गरेका थिए ।

 

तर वंशजको आधारमा नेपाली नागरिकता पाउँ भन्ने व्यक्ति र छोरा हो भनि सनाखत गर्ने बाबुसँग आवश्यक कुराहरु सोधपुछ गर्दा उनीहरुले दिएको जवाफ र सम्बन्धित वडा कार्यालयबाट प्रमाणित भई आएको नागरिकताको अनुसूची फारममा उल्लेखित व्यहोरा फरक परेको थियो ।

 

आवश्यक सोधपुछ पश्चात छोरा हुँ भनि नागरिकता दाबि गर्न उपस्थित भएको व्यक्ति र बाबु हुँ भनि सनाखत गर्न उपस्थित भएको व्यक्ति सहोदर बाबु–छोरा नभएको खुलेपछि प क्राउ गरिएको प्र हरीले जनाएको छ ।

 

उनीहरुलाई झुट्टा विवरण पेश गरी सरकारी कार्यालय समेतलाई झुक्याइी नक्कली बाबु छोरा बनी जन्म दर्ता समेत बनाई नेपाली नगरिकता लिन खोजेको आरोपमा प क्राउ गरे जिल्ला अदालतबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भईरहेको प्र हरीले जनाएको छ ।

 

9910
Shares

ट्रेन्डिङ