सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • धुलिखेलका मेयर ब्यन्जुको चुनावी घोषणा पत्र: केके गरे पुरा, केके रहे अपुरा ? (भिडियो )

धुलिखेलका मेयर ब्यन्जुको चुनावी घोषणा पत्र: केके गरे पुरा, केके रहे अपुरा ? (भिडियो )

7020
Shares
धुलिखेलका मेयर ब्यन्जुको चुनावी घोषणा पत्र: केके गरे पुरा, केके रहे अपुरा ? (भिडियो )

संघिय राजधानी काठमाण्डौबाट नजिकै पर्ने जिल्ला काभेपलान्चोककोे सदरमुकाम हो धुलिखेल ।

राजधानी देखि ३० किमी पुर्वमा रहेको यस धुलिखेल नगरपालिकाका प्राय सबैजसो वडामा खानेपानी, बिजुली र सडकको सुविधा उपलब्ध छ । धुलिखेल नगरपालिका सुरुदेखि नै पर्यटकीय नगरिको रुपमा विकास हुँदै आईरहेको छ ।

नगरपालिकामा स्थानीय तहको पुनःसंरचना पछि १२ वटा वडा रहेका छन् । देश संघिय संरचनामा गएपछि धुलिखेल नगरपालिकाले विभिन्न क्षेत्रमा राम्रै उपलब्धी हाँसिल गर्यो ।

२०७४ मा भएको स्थानीय निर्वाचनमा यस नगरको नेतृत्व अशोक ब्याञ्जुले सम्हाले । ब्याञ्जुले नगरको मात्रै नभएर देश भरिकै नगरपालिकाको नेतृत्व पाए । यो अवसर संगै स्थानीय सरकार सम्बद्ध संस्थाको समेत अध्यक्ष हुने अवसर मेयर ब्यान्जुले पाए ।

चौतर्फी नेतृत्व गर्ने अवसर मेयर असोक कुमार ब्यान्जु श्रेष्ठले पाएका थिए । धुलिखेल नगरपालिकामा एमालेको सूर्य चुनाव चिन्हबाट उम्मेदवारी दिएका अशोक कुमार ब्याञ्जु श्रेष्ठ ७ हजार ९८१ मत सहित नगर प्रमुखमा विजयी भएका हुन् ।

एमालेकै बिमला कुमारी चौलागाई (शर्मा) ६ हजार ७२३ मत सहित विजयी भइन् । कार्यकाल सकिनै लाग्दा चुनावी घोषणा पत्रमा उल्लेख भएका कतिपय काम पूरा भए भने कतिपय अधुरा नै छन् ।

पाँच वर्षे कार्यकाल सकिनै लाग्दा नगरपालिकामा केही सकारात्मक परिवर्तन पनि भए । चुनावी घोषणा पत्रमा भएका एकघर एक धारा, खुल्ला दिशा मुक्त नगर,शिक्षकहरुको दरबन्दि मिलान,जिल्लाको पहिलो बाल मैत्री नगर घोषणा,अभिभाबक विहिन बालबालिकालाई संरक्षण गर्नु धुलिखेल नगरका मुख्य उपलब्धी हो ।

त्यस्तै एक वडा एक पार्क अभियान नै चलाएर नगरले अहिलेसम्म ५३ वटा पार्क निर्माण गरीसकेको छ । चुनावी घोषणा पत्रमा उल्लेख भएअनुसार नै आफूहरु जनताको काममा प्रतिबद्ध रहेको भन्दै आफ्नो कार्यकालमा धेरै उपलब्धी भएको बताउँछन् धुलिखेल नगरपालिकाका मेयर ब्याजु ।

यता चुनावी घोषणा पत्रमा उल्लेख भए अनुसार र जनभावना अनुसार नगरपालिकाले काम गर्न नसकेको स्थानीयको गुनासो छ । त्यसो त नगरपालिकाले जनभावना अनुसारका धेरै चुनाबी प्रतिवद्धता भने पुरा गर्न सकेको देखिदैन ।

धुलिखेल नगरललाई स्माट सिटि, क्लिन सिटी र ग्रीन सिटिमा परिणत गर्ने, एयरपोर्ट निर्माण, कृषि क्याम्पस स्थापना,देवीटारमा कृतिम ताल निर्माण लगायतका धेरै प्रतिवद्धता झुटा सावित भएका छन् । आखिर किन हुन सकेन त यी प्रतिवद्धता पूरा सहकर्मी पुजन धितालले उनै मेयर ब्याञ्जुलाई सोधेका छन् ।

हेर्नुहोस् भिडियोमा :

7020
Shares

ट्रेन्डिङ