सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • जातीय विभेद गर्नेलाई कानुनी कारबाहीको भागिदार बनाउनु पर्छ : अमर दिप सुनुवार

जातीय विभेद गर्नेलाई कानुनी कारबाहीको भागिदार बनाउनु पर्छ : अमर दिप सुनुवार

4590
Shares
जातीय विभेद गर्नेलाई कानुनी कारबाहीको भागिदार बनाउनु पर्छ : अमर दिप सुनुवार
  • सनम सुवाल

काभ्रे : सामाजिक परिवर्तनका लागि दलित महिला संघद्वारा आयोजित एक दिने अन्तरक्रीया कार्यक्रम आज धुलिखेलमा सम्पन्न भएको छ । जातीय छुवाछुतको वर्तमान अवस्था, र यसको अन्त्यका लागि सरोकारवाला हरुले खेल्नु पर्ने भूमिका विषयमा रहेर अन्तरक्रीया गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथिका रुपमा काभ्रे जिल्लाका साहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवारले अन्तरक्रियामा बोल्दै जातीय छुवाछुत लाई अन्तराष्ट्रिय कानुनले समेत बन्देज गरेको बताए ।

उनले सामाजिक न्यायमा अझै व्यवस्था र अवस्था बीच खाडल रहेको र यही खाडलले गर्दा कहिलेकाँही जातिय विभेदका घटना भई रहेको समेत बताए । छुवाछुतको विभेदको व्यवस्था र अवस्थालाई समानताको अवस्थामा अघि लैजान सकेमामा मात्र यस्ता विभेदको अन्त्य हुने उनको भनाई छ ।

विभेद हुने क्षेत्र समुदायलाई छुट्याएर आगामी दिनमा जचेतना र खबरदारी गर्दै विभेद गर्नेलाई कानुनि कारवाहीको भागेदार बनाउन सकेमा यसको अन्त्य गर्न सकिने दावी उनको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी हरि खत्रीवडा, गैसस महासंघ काभ्रेका अध्यक्ष टोम प्रसाद सापकोटा , नेपाल पत्रकार महासंघ काभ्रेका पुर्व अध्यक्ष नारायण सापकोट, संचारकर्मी, निर्वाचित जनप्रतिनिधि, सरोकारवाला निकायको उपस्थिति रहेको थियो ।

कार्यक्रमा अहिले सम्म र्राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनका बारेका अधिवक्ता कृष्ण प्यारी नकर्मीले सहभागी सबैलाई जानकारी दिएकी थिइन् । कार्यक्रमको सभापतित्व सामाजिक परिवर्तनका लागि दलित महिला संघ कि अध्यक्ष सुसिला परियारले गरेकी हुन् ।

कार्यक्रम संचालन भने सामाजिक परिवर्तनका लागि दलित महिला संघ सस्थाकी सचिब सिरु बि.क ले गरेकी हुन् । कार्यक्रमलाई सामाजिक परिवर्तनका लागि दलित महिला संघले आयोजनामा समता फाउन्डेशनले सहकार्य समेत गरेको थियो ।

सस्थाकी अध्यक्ष सुसिला परियारले आगामी दिनमा सरोकारवालाहरु बाट विभेद अन्त्यका लागि महत्वपुण कार्य हुने आशा र भरोसा सस्थाले लिएको बताएकी थिइन् ।

4590
Shares

ट्रेन्डिङ