सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • ‘पढ्दै–कमाउँदै’ कार्यक्रमका लागि काभ्रेका दुई विद्यालय छनौट

‘पढ्दै–कमाउँदै’ कार्यक्रमका लागि काभ्रेका दुई विद्यालय छनौट

11815
Shares
‘पढ्दै–कमाउँदै’ कार्यक्रमका लागि काभ्रेका दुई विद्यालय छनौट

काभ्रे : शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पढ्दै कमाउदै कार्यक्रमका लागि काभ्रेका दुई वटा विद्यालय छनौट भएका छन् । ‘पढ्दै–कमाउँदै’ कार्यक्रमका लागि काभ्रेको नमोबुद्धको जनक मा.वि र महाभारतको गोकुले मा.वि छनौट भएको हो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत पढ्दै कमाउँदै कार्यकम (लर्निङ बाइ अर्निङ) विद्यालय सहयोग कार्यक्रमका लागि देशभरका १४० सामुदायिक विद्यालयमध्ये काभ्रेका यी दुई विद्यालय भएका हुन् । जनक मा.वि कृषि व्यवसायी किट र गोकुले मा.वि वन तथा बृक्षारोपण निर्माण कार्यक्रमका लागि छनौट भएका हुन् ।

प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गर्दै सरकारले पढ्दै कमाउँदै कार्यक्रम लागू गर्ने गरी कार्यविधि तयार गरेको थियो । सोही अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सूचना प्रकाशित गरी आवेदन माग गरेको थियो ।

प्रत्येक जिल्लाबाट कम्तीमा एक विद्यालय अनिवार्य र बढीमा पाँच वटा विद्यालय छनोट गरिएको केन्द्रले जानकारी दिएको छ । कार्यक्रम सञ्चालनका लागि ७० जिल्लाबाट मात्रै आवेदन परेको हो ।

 

11815
Shares

ट्रेन्डिङ